+
+

गुल्मीको सिद्धबाबामा विद्यार्थीलाई दुना-टपरी बनाउने तालिम  

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १६:३७

४ फागुन, गुल्मी । गुल्मी जिल्लाको सिद्धबाबा माध्यमिक विल्द्यालयमा विद्यार्थीलाई दुना-टपरी बनाउने तालिम दिन थालिएको छ । पछिल्लो समय पलाष्टिक जन्य वस्तुको प्रयोगले परम्परागत सीप संस्कृति समेत संकटमा पर्दै जान थालेको छ ।

जिल्ला सदरमुकाम तम्घासमा रहेको विद्यालयले पढाईसँगै व्यवहारिक ज्ञानसमेत प्रदान गर्ने उदेश्यले दुना–टपरी बनाउने तालिम प्रदान गरेको विद्यालयका प्रधानाध्यापक डोरबिक्रम श्रीसले बताए ।  उनका अनुसार विद्यार्थीको पढाईसँगै अतिरिक्त समयमा व्यवहारिक ज्ञानसमेत प्रदान गर्ने गरिएको हो ।

पछिल्लो पीढीका विद्यार्थीहरु परम्परागत सीपको बारेमा जानकारी गराउने र उनिहरुलाई पनि सहभागि गराउने उदेश्यले विद्यालयले लिएको छ । दुना–टपरी खुटने तालिममा विद्यार्थीहरुले उत्साह पूर्वक सहभागि हुने गरेको विद्यालयले जनाएको छ ।

सालको पातबाट तयार गरिने दुना–टपरी विभिन्न धार्मिक कार्यहरुमा प्रयोग गर्ने गरिन्छ । पहिले विभिन्न विवहा पुजा तथा धार्मिक कार्यहरुमा सालको पातबाट तयार गरिएका दुना टपरीमा खाने पनि गरिन्थ्यो । तर अहिले पुजा–आजको सयमा मात्रै दुना-टपरी प्रयोग गरिदै आएको छ ।

सालको पातबाट तयार गरिएको दुना–टपरी शुद्ध मानिने भएकाले धार्मिक कार्यमा अहिले पनि प्रयोग हुन्छ । विद्यालयले विद्यार्थीहरुलाई कितावको ज्ञानकोसँगै गाउँका विभिन्न कलासंस्कृति बारे जानकारी र उनिहरुलाई सीप प्रदाने गर्ने उदेश्य विद्यालयले राखेको प्रधानाध्यापक श्रीसले बताए ।

जिल्लाको सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा व्यवस्थापन तर्फ होटल म्यानेजमेन्ट पढाई सुरु समेत गरेको छ । जिल्लामा राम्रो पहिचाहन बनाउन सफल भएको विद्यालयले विद्यार्थीको माग अनुरुप विषय थप गरेर पठनपाठन सञ्चालन गर्दै आएको छ ।

होटल म्यानेजमेन्ट विषय धेरै विद्यार्थीकोहरुको रोजाइमा रहेकाले यहि विषय पढन जिल्लाबाट बुटवल काठमाडौं जनुपर्ने बाध्यता रहेको थियो । त्यहिँ बाध्यतालाई अन्त्य गर्न सिद्धबाबा माध्यमिक विद्यालयले पठनपाठ सुरु गरेको हो ।

विद्यालयमा अहिले ५६ जना विद्यार्थीले होटल म्यानेजमेन्ट अध्ययन गर्दै आएका छन् । लुम्बिनी प्रदेशमै अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल यस विद्यालयमा विज्ञान, व्यवस्थापन, कानून, शिक्षा, मानविकी, कम्प्युटर इन्जिनियरिङ्गका विभिन्न विषयहरु समेत पढाई हुँदै आएको छ ।

गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले शिक्षासँगै व्यवहारिक ज्ञानलाई पनि बिशेष महत्व दिएर शिक्षा प्रदान गर्ने गरेको प्रधानध्यापक श्रीसले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?