+
+

‘हक्की’ भन्दै रेखालाई सँगै चुनाब लडेका सांसद शर्माले दिए बधाई

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ५ गते १७:५३

काठमाडौं । अमेरिकामा ‘बेबी प्लान’को विषयमा नेतृ तथा अभिनेत्री रेखा थापा आफ्नै दलका नेताबाट आलोचित बनिन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रेखाको ‘बेबी प्लान’लाई लिएर कटाक्ष गरे ।

रेखाले पनि लिङ्देनले आफ्नी छोरीलाई अमेरिका पढाउने र अरुलाई उपदेश दिने भन्दै जवाफ फर्काइन् । एउटै दलका यी दुईबीच भनाभन नै पर्‍यो । आफ्नै दलका नेताबाट आलोचित रेखालाई अर्को दल कांग्रेसका नेताले भने बधाई दिँदै मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

रेखासँगै मोरङ-३ मा चुनाव लडेका कांग्रेस सांसद सुनिल शर्माले रेखालाई हक्की र निडर महिला तथा बहिनी भन्दै उनको आगामी फिल्म ‘उपहार’को लागि बधाई तथा शुभकामना दिएका छन् । उनले आगामी दिनमा सहकार्य हुनसक्ने भन्दै रेखाको मुक्तकण्ठले प्रशंसा गरे ।

सांसद शर्मा लेख्छन्, ‘निकै कौतुहलता जगाउने ट्रेलर हेरेपछि पक्कै पनि यो फिल्मबाट रेखा र टिमले नेपाली चलचित्रको हाइट अझै माथि पु¥याउने आशा एवम विश्वास राखेको छु । रेखा म निर्वाचित मोरङ क्षेत्र नम्बर ३ को बिराटचोक निवासी चेली पनि हुन् । उनी नेतृत्वदायी भूमिका निभाउन सक्ने हक्की, निडर र महिला दिदीबहिनको पिर बुझ्न सक्ने क्षमतावान नारी हुन् । बहिनीलाई मेरो साथ, सहयोग र शुभेच्छा सँधै रहनेछ । सहकार्य रहनेछ ।’

शर्माले ‘उपहार’को ट्रेलर पनि सेयर गरेका छन् । सांसद शर्माले यो फिल्मको छायांकनको लागि केमएमसीको सुविधा समेत उपलब्ध गराएका थिए । आफ्नै पार्टीका नेताबाट आरोपित रेखालाई प्रतिस्पर्धी दलका नेताले बधाई तथा शुभकामना दिएर सकारात्मक सन्देश प्रवाह गर्न खोजेको रुपमा रेखाले लिएकी छन् ।

मोरङ-३ मा रेखाले गत प्रतिनिधिसभाको चुनावमा १० हजारभन्दा बढी मत ल्याएकी थिइन् । उनको फिल्म ‘उपहार’ फागुन २५ गते प्रदर्शन तयारीमा छ । रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा उनको आफ्नै शीर्ष भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?