+
+

लिभरपुल र आर्सनल विजयी, सिटी र चेल्सीले खेले बराबरी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते ७:४१

६ फागुन, काठमाडौं । प्रिमियर लिगमा उपाधि दाबेदार क्लबहरु लिभरपुल र आर्सनलले प्रभावशाली जित हात पार्दा साविक विजेता तथा उपाधिको अर्को दाबेदार म्यानचेष्टर सिटीले चेल्सीसँग १-१ को बराबरी खेलेको छ ।

शीर्ष स्थानको लिभरपुलले ब्रेन्टफोर्डलाई ४-१ ले पराजित गर्‍यो । लिभरपुलका लागि डार्विन नुनेजले ३५औं, एलेक्स म्याक एलिस्टरले ५५औं, मोहमद सालाहले ६८औं र कोडी गाक्पोले ८६औं मिनेटमा गोल गरे । ब्रनेटफोर्डका लागि इभान टोनीले ७५औं मिनेटमा एक गोल फर्काए ।

जितपछि लिभरपुल २५ खेलबाट ५७ अंक जोडेर शीर्ष स्थानमै छ । ब्रेन्टफोर्ड २४ खेलबाट २५ अंकसहित १४औं स्थानमा छ ।

यस्तै आर्सनलले बर्नलीलाई ५-० ले पराजित गर्द दोस्रो स्थानमा उक्लेको छ । सिटी चेल्सीसँग बराबरीमा रोकिँदा पनि आर्सनललाई फाइदा पुग्यो ।

बर्नलीको मैदानमा आर्सनललाई फराकिलो जित दिलाउन बुकायो साकाले ४१औ र ४७औं मिनेटमा गोल गरे । यस्तै मार्टिन ओडेगनर्डले चौथो, लियोन्ड्रो ट्रोसार्डले ६६औं तथा काऐ हाभार्ट्जले ७८औं मिनेटमा गोल गरे ।

जितपछि आर्सनलले २५ खेलबाट ५५ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । रेलिगेसनमा संघर्ष गरिरहेको बर्नली भने २५ खेलबाट जम्मा १३ अंकसहित पुछारबाट दोस्रो अर्थात १९औं स्थानमा छ ।

दुई उपाधि दाबेदारले फराकिलो जित निकालेको दिन साविक विजेता सिटीले भने चेल्सीसँग १-१ को बराबरी खेल्यो ।

सिटीकै पूर्वखेलाडी रहमिम स्टर्लिङले ४२औं मिनेटमा गोल गर्दै चेल्सीलाई पहिले अग्रता दिलाएपछि घरेलु मैदानमा सिटी पहिलो हाफमा पछि परेको थियो । ८३औं मिनेटमा रोड्रिले गोल गरेपछि सिटीले खेल बराबरी गरेको हो ।

बराबरीपछि सिटी २५ खेलबाट ५३ अंकसहित तेस्रो स्थानमा छ । चेल्सी २५ खेलबाट ३५ अंकसहित दशौँ स्थानमा छ ।

लिगकै अन्य खेलमा टोटनहम वुल्भ्ससँग २-१ ले पराजित भएको छ । यस्तै नटिङहम फरेस्टले वेष्टहम युनाइटेडलाई २-० ले तथा एस्टन भिल्लाले फुलहमलाई २-१ ले हराउँदा न्युक्यासल युनाइटेड र बर्नमाथउले २-२ को बराबरी खेलेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?