+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सम्पत्ति शुद्धीकरण मुद्दामा माओवादी नेता गगन पुरीलाई ४ करोड जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते १९:०४

६ फागुन, काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा झापाका गगन पुरीलाई दोषी ठहर गर्दै उनीबाट ४ करोड ३ लाख रुपैयाँ असुल्नुपर्ने फैसला गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ७ करोड ३५ लाख रुपैयाँको सम्पत्ति जोडेका पुरीले ३ करोड ३२ लाख रुपैयाँ मात्रै बैध रुपमा जोडेको ठहर गरेको हो । बाँकी ४ करोड ३ लाख रुपैयाँ जरिवानाको फैसल भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

अख्तियारले उनी सहित सीमा पुरीलाई पनि दोषी ठहर गरेको छ । जफत हुने रकम दामासहीले असुल्नुपर्ने विशेष अदालतको फैसला छ ।

विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा मुछिएका मनमाया पुरी र देव कुमारी पुरीलाई सफाइ दिएको छ । अनि कृष्णकुमारी पुरी र संगीता पुरीको सम्पत्ति भने जफत नहुने भनी आदेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?