+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

सहकारीलाई बदनाम गर्ने प्रयास भइरहेको छ : ओली

रासस रासस
२०८० फागुन ७ गते १९:०५

७ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

राष्ट्र सेवक सहकारी संस्था लिमिटेडको पाँचौं राष्ट्रिय सहकारी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल जस्तो देशको विकासका लागि सहकारी अपरिहार्य भए पनि पछिल्लो समयमा सहकारीलाई बदनाम गराउने प्रयास भइरहेकामा चिन्ता व्यक्त गरे ।

सहकारीको महत्व र गरिमालाई कायम राख्न यस क्षेत्रमा देखिएका विकृति हटाउन तथा सहकारीलाई बदनाम हुन नदिन सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले गैरसहकारी व्यक्ति सहकारीमा प्रवेश गरेर ठगी धन्दामा लागेका तथा नाफा कमाउने व्यवसायका रुपमा सहकारीलाई प्रयोग गर्न खोजेको बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?