+
+

जनकपुरमा १० फागुनदेखि साहित्य महोत्सव हुने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते १५:०६

८ फागुन, जनकपुरधाम । जनकपुरधाममा १० फागुनदेखि तीन दिवसीय साहित्य महोत्सव हुने भएको छ ।

नव मिथिला फाउण्डेशनको आयोजनामा राममन्दिरको प्रांगणमा १० देखि १२ फागुनसम्म चल्ने साहित्य महोत्सवमा समाज, भाषा, संस्कृति, साहित्य, राजनीति लगायतको विषयमा छलफल हुने छ ।

आयोजकले मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गरी विभिन्न विषयमा १४ वटा समूह छलफल र ४ वटा प्रवचन समेटिएको जनाएको छ ।

‘चाहियो रंगशाला’, किताब उपर समीक्षा, कसरी हुन्छ निर्णय ?, नव उद्यमी र उद्यमशीलता, स्वस्थ मधेश, सम्पदा, संस्कार र साहित्य, शिक्षाको नयाँ आवश्यकता र परिभाषा, मधेशको श्रम यात्रा, बोल्ने स्वतन्त्रता, ‘साँस्कृतिक सम्बन्धको डोरी, मौन चित्कार र संघीयता गलत अभ्यास वा कमजोर परिकल्पना’ जस्ता १४ वटा शीर्षकमा विमर्श हुने आयोजक नवमिथिला फाउन्डेसनका अध्यक्ष अमित साहले बताए ।

उनका अनुसार तीनै दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरू सांगीतिक कार्यक्रम हुने छ । विगत पाँच वर्षदेखि फाउण्डेशनले जनकपुरमा साहित्य महोत्सव गर्दै आएको छ ।

महोत्सव अन्तर्गत यसपटक वतृत्वकला, कविता र शिल्पकला प्रतियोगिता पनि हुने फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालले जानकारी दिए ।

महोत्सवमा किताबको लोकार्पण, स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै विद्यार्थी, राजनीतिज्ञ, कलाकार, संगीतकार, लेखक, पत्रकार र साहित्यप्रेमीहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?