+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

राप्रपाले आज प्रधानमन्त्रीलाई ४० बॅुदे ज्ञापनपत्र बुझाएर देशैभर प्रदर्शन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते ७:००

९ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र बुझाएर आजदेखि देशैभर प्रदर्शन गर्ने भएको छ ।

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिका साथै राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग राखेर प्रदर्शन गर्ने राप्रपाले जनाएको छ ।

आजदेखि काठमाडौंसहित देशभरका विभिन्न जिल्ला सदरमुकाममा दबाबमूलक प्रदर्शन गर्ने कार्यक्रम रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

आज काठमाडौंमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, र्‍यालीसहित दबाबमूलक कार्यक्रम गर्ने तथा देशका सबै जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

देशभर प्रदर्शन र सभा गरेर चैतको पहिलो साता काठमाडौं केन्द्रित प्रदर्शन र भेला हुने राप्रपाको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?