+

लोयल्टी र काष्ठमण्डप सेमिफाइनलमा

२०८० फागुन  ९ गते १९:०१ २०८० फागुन ९ गते १९:०१
लोयल्टी र काष्ठमण्डप सेमिफाइनलमा

९ फागुन, काठमाडौं ।आयोजक लोयल्टी ‘बी’ र काष्ठमण्डप १२ औं लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लोयल्टी ‘बी’ ले ब्रम्हकुञ्जलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्‍यो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो ।

काष्ठमण्डपले काभ्यालाई ६–१ को फराकिलो गोलअन्तरले हरायो । काष्ठमण्डपका विशांक कार्कीले ह्याट्रिक गरे भने साहस ढकाल र सुप्रिम बोहराले १–१ गोल थपे । एक गोल आत्माघाती थियो ।

पिस प्वाइन्ट र चेल्सी वल्र्ड स्कुलले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । पिस प्वाइन्टले नेपाल पुलिस स्कुललाई ३–१ गोलले पाखा लगायो । पिस प्वाइन्टका हिमाल थिङले ह्याट्रिक गरे ।

पुलिसका सुदिप तामाङले १ गोल फर्काए । चेल्सीले इस्टपोललाई टाइब्रेकरमा ३–२ गोलले पन्छायो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

सेमिफाइनलमा चेल्सीको भेट पिस प्वाइन्टसंग हुनेछ भने लोयल्टी ‘बी’ ले काष्ठमण्डपको सामना गर्ने छ । दुवै सेमिफाइनलमा बिहीबार हुनेछ ।

यु–१३ अन्तरविद्यालय छात्र फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय