+
+

‘अगत्स्य’बारे सौगात : ‘म लगभग पात्रको मनोदशा नजिक पुगेको थिएँ’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १७:३७

काठमाडौं । अभिनेता सौगात मल्ल, नाजिर हुसेन र अभिनेत्री मलिका महत आगामी फिल्म ‘अगस्त्य’लाई लिएर आशावादी सुनिए । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनीहरुले चरित्र निर्माणदेखि दर्शकको रुचिका आयाममा कुरा गरे ।

मानसिक रुपमा तनावमा परेको परिस्थितिलाई अनुभूति ठानेर आफू पात्रमा डुबेको अनुभव उनले सुनाए । आफूलाई फिल्मको पात्रको भूमिका निर्वाह गर्न चुनौतीपूर्ण रहेको सौगातले बताए । ‘म लगभग पात्रको मनोदशा नजिक पुगेको थिएँ । मेरा लागि त्यो क्यारेक्टर निर्वाह गर्नु चुनौतीपूर्ण थियो,’ उनले भने ।

शारीरिकभन्दा मानसिक रुपमा अभिनय गर्नु चुनौतीपूर्ण हुने उनको भनाइ छ । एक महिनासम्म उक्त मनोदशा भएको पात्रको भूमिका निर्वाह गर्दा असहज भएको अनुभव उनले बाँडे । यो फिल्ममा उनले प्रेमको कारण मानसिक असन्तुलन भोगेको पात्रको रोल गरेका छन् । फिल्मको पहिलो भागमा उनी प्रेमीको रुपमा छन् भने दोस्रो भागमा उनी एक्सन अवतारमा छन् ।

अभिनेता हुसेनले अगस्त्यमा उनले भिन्न चरित्रमा काम गरेको बताए । कलाकारलाई फरक-फरक भावनामा काम गर्ने धोको हुने भन्दै उनले अगस्त्यले आफ्नो त्यो रुचि पूरा गरेको बताए । उनले एउटै फिल्म फरक जीवन बाँचेको अनुभव बाँडे । फिल्ममा नाजिर एक्सन रोलमा देखिएका छन् ।

हुसेनले नेपाली फिल्ममा पछिल्लो समय मधेशी चरित्रको चित्रणलाई लिएर राम्रो काम भइरहेको बताए । उनले आफ्नो डेब्यु फिल्म ‘होस्टल रिटर्न्स’को किस्सा सम्झिए ।

अभिनेत्री मलिका महतले धेरै चरित्र हुने पात्रको भूमिकामा काम गर्दा दबाब हुने भएपनि अभिनय सिक्नका लागि यो राम्रो अवसर हुने बताइन् । आफ्ना को-एक्टरबाट आफूले अभिनयमा धेरै कुरा सिकेको उनले बताइन् ।

निर्देशक सौरभ चौधरीले नेपाली समाजको सान्दर्भिक र महत्वपूर्ण कथालाई आफूले फिल्ममा प्रस्तुत गरेको बताए । उनले अहिलेको समाजसँग यसको कथावस्तु जोडिएको बताए । उनले एक्सन फिल्म दर्शकलाई रुचिकर समेत हुने बताए ।

अगस्त्यको पहिलो शृंखला फागुन १८ गते रिलिज हुँदैछ । दोस्रो भागलाई केही वर्षको ग्यापमा बनाउने योजना बनाएको निर्देशक चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?