+
+

नेपालको फिल्म ‘सङ्स अफ लभ एण्ड हेट’लाई बर्लिनमा स्पेसल मेन्सन अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १२ गते २१:०९
बायाँदेखि निर्माता मिन्सो लिम्बु, निर्देशक सौरभ घिमिरे र निर्माता मीनबहादुर भाम ।

काठमाडौं । नेपाली छोटो फिल्म ‘सङ्स अफ लभ एण्ड हेट’ले बर्लिन फिल्म फेस्टिभलमा स्पेसल मेन्सन अवार्ड जितेको छ ।

सौरभ घिमिरे निर्देशित यो छोटो फिल्मको रनटाइम १७ मिनेट छ । मिन्सो लिम्बु र मीनबहादुर भामले निर्माण गरेको यो फिल्म जुन्को पिक्चर्स र सुनी फिल्म्सको ब्यानरमा बनेको हो ।

यो फिल्म बर्लिनको जेनेरेसन फोर्टिन प्लस खण्डमा छनोट भएको थियो । फिल्मले रेडियो कार्यक्रम प्रस्तोताको कथा पेश गर्छ । प्रेमबारे सल्लाह दिने रेडियो कार्यक्रम होस्ट एक दिन आफैंले प्रेम वियोग भोगेपछि गायब हुँदा परिस्थिति कस्तो हुन्छ भन्नेबारेको चित्रण यसले गर्छ ।

बर्लिनपछि यो फिल्मलाई एसिया प्रिमियरको तयारी भएको निर्माता लिम्बुले बताए । निर्मातामध्येका भामको फिचर फिल्म ‘शाम्बाला’ पनि यसपटक बर्लिनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बिधाको प्रतिस्पर्धामा छ । बर्लिनको यो संस्करण फेब्रुअरी २५ मा सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?