 
																			काठमाडौं । क्यान्सररोग विशेषज्ञ डा. अरुण शाहीलाई अन्तर्राष्ट्रिय मानवअधिकार संगठन, नेपालले सम्मान गरेको छ । एक समारोह गरी उनलाई क्यान्सरका बिरामीको उपचारमा पुर्याएको योगदानको कदर गर्दै संगठनले उनलाई सम्मान गरेको हो ।
विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल र सेमिनारमार्फत क्यान्सरसम्बन्धी प्रामाणिक सूचना र जानकारी प्रवाह गर्दै क्यान्सर उपचारमा गरेको सेवाको उच्च मूल्यांकन गर्दै डा. शाहीलाई सम्मान गरिएको संगठनका अध्यक्ष भीकेएस ठकुरीले बताए ।
डा. शाही गत पुस ९ गते एनआरएनए नन-रेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया, अमेरिकाबाट ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार २०२३’ बाट पनि सम्मानित भएका थिए । उनी हाल पाटन अस्पतालमा कार्यरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4