+
+

युनाइटेड कलेजको वार्षिक पत्रिका ‘लुमिनरी’ विमोचित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १७:५७

काठमाडौं । ललितपुरको कुमारीपाटीमा रहेको युनाइटेड कलेजले प्रकाशन गरेको वार्षिक पत्रिका ‘लुमिनरी’ को विमोचन गरिएको छ ।

कलेजको सभाहलमा आइतबार बिहान आयोजित एक कार्यक्रमका बीच ‘लुमिनरी’ को पहिलो संस्करणको विमोचन गरिएको कलेजले जनाएको छ ।

युनाइटेड कलेजका संस्थापक अध्यक्ष ड्रिप चाम्लिङ राई, संस्थापक निर्देशक नरहाङ राई, त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायकी डिन कुसुम शाक्य, त्रिविका प्राध्यापक बाबुराम तिम्सिना र युनाइटेड कलेजका प्रधानाध्यापक डा. लाल रापचाले संयुक्त रूपमा ‘लुमिनरी’ पत्रिका विमोचन गरेका हुन् ।

विमोचित कृतिमाथि टिप्पणी गर्दै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक बाबुराम तिम्सिनाले युनाइटेड कलेजले ऐतिहासिक काम गरेको बताए ।

पत्रिकामा समावेश गरिएका सबै जसो रचनाहरू अध्ययन गरेको भन्दै उनले ‘लुमिनरी’ नाम आफैंमा महत्वपूर्ण भएको र यसले उपयुक्त सन्देश दिएको बताए ।

विमोचित पत्रिका आकृति र रूपमा मात्रै होइन सारमा पनि गौरव गर्न लायक भएको उल्लेख गर्दै उनले अझै राम्रो बनाउनका लागि केही रचनात्मक सुझावहरू समेत दिए ।

यसैगरी कार्यक्रममा शाक्यले शैक्षिक क्षेत्रमा लागेका व्यक्तिहरूको चिनारी नै आफूले प्रकाशित गरेका कृतिहरू हुने हुँदा कलेजको जीवनमा यो अत्यन्तै महत्त्वपूर्ण दिन भएको बताइन् ।

कृति प्रकाशित गर्न सहज नहुने भन्दै उनले प्रकाशनका लागि खट्ने सबैको उनले प्रशंसा गरिन् । २१ वर्षे इतिहासमा कलेजले पहिलो पटक निकालेको पत्रिका आफूलाई विमोचन गर्न दिएकोमा उनले आभार प्रकट गरिन् ।

कलेजका प्रधानाध्यापक डा. रापचाले ‘लुमिनरी’ भनेको सम्झना भएको हुँदा यो पत्रिकाले सबैलाई युनाइटेड कलेजको सम्झना गराउने बताए ।  अब हरेक वर्ष यसको नयाँ संस्करण प्रकाशित हुने उनले प्रतिबद्धता जनाए ।

त्यस्तै १८ असारका दिन वार्षिकोत्सवका अवसरमा कलेजको जर्नल प्रकाशित हुन लागेको उनले जानकारी दिए ।

कार्यक्रमको सञ्चालन भने कलेज एल्मुनाई सोफिया महर्जनले गरेकी थिइन् ।

कार्यक्रममा आइडिया स्टुडियो नेपालका संस्थापक डा. छिरिङ लामा सहित अन्य आमन्त्रित व्यक्तित्वहरू अतिथिका रूपमा रहेका थिए भने कलेजमा अध्ययनरत विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?