+

मोटोपनले महिलाको प्रजनन् क्षमतामा कस्तो असर पार्छ ?

२०८० फागुन  १३ गते १८:२० २०८० फागुन १३ गते १८:२०
Shares
मोटोपनले महिलाको प्रजनन् क्षमतामा कस्तो असर पार्छ ?

मोटोपनले महिलाको सौन्दर्य चिन्ता मात्र बढाउँदैन, प्रजनन् क्षमतामा समेत असर गर्छ । मोटोपन, पीसीओएस र मधुमहेबीच जटिल अन्तरसम्बन्ध छ । मोटोपनसँगै मधुमेह र पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस)को खतरा हुन्छ । यी दुवैको कारण प्रजनन् क्षमतामा असर पुग्छ ।

अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)ले हालै गरेको एक अध्ययनले देखाउँछ, हरेक चार जना महिलामध्ये एक जना पीओएसबाट पीडित छन् । यस्तै ३५ देखि ४९ वर्ष समूहका १० मध्ये एक महिलालाई मधुमेह छ । पीओएस भएका महिलालाई टाइप टु मधुमेहको उच्च जोखिम हुन्छ ।

अब पीओएसबारे सहज भाषामा बुझौं । के हो यो ? यसले कसरी असर गर्छ ?

पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस) एक किसिमको हार्मोनल विकार हो । खासगरी बच्चा जन्माउने उमेरका महिलामा यस्तो हार्मोनल विकार देखिन्छ । यसले इन्डोक्राइन ग्रन्थीलाई बाधा पुर्‍याउँछ । नतिजा, पुरुष हार्मोन भनेर चिनिने एन्ड्रोजन अत्यधिक उत्पादन हुन्छ र अण्डाशयमा सिस्टहरु बनाउन थाल्छ ।

पीसीओएसले प्रजनन् समस्या, अनियमित महिनावारी, तौल बढ्ने, शरीरमा अतिरिक्त रौं आउने, डन्डीफोर आउने हुन्छ ।

किन यस्तो हुन्छ त ? यसको मूल कारण भनेको खराब जीवनशैली हो । अहिले हामीले अपनाउने अनियमित दिनचर्या, खराब खानपान, तनावग्रस्त मानसिकताले यो समस्या ल्याउने गरेको पाइन्छ ।

मोटोपन, पीसीओएस र मधुमेहबीच के सम्बन्ध छ ?

मोटोपन भएका महिलामा हार्मोनल असन्तुलन भई मधुमेह र पीसीएओस विकसित हुने उच्च जोखिम रहन्छ । यसले इन्सुलिन प्रतिरोध र प्रतिपूरक हाइपर इन्सुलिन मिया ट्रिगर गर्न सक्छ । यी दुवै टाइप टु मधुमेहमा योगदान गर्ने कारकहरु हुन् ।

पीसीओएस भएका महिलाहरुमा अपर्याप्त शारीरिक गतिविधि, खराब आहार, तनाव जस्ता कुराले मोटोपन र हार्मोनल असन्तुलन बढाउन सक्छ । यसले मधुमेहको जोखिमलाई अझ बढाउँछ ।

महिलाको प्रजनन् क्षमतामा असर

पीसीओएसले महिलामा प्रजनन् समस्या निम्त्याउँछ । डिम्बाशयमा तरल पदार्थले भरिएको थैली र सिस्टको कारण अण्डको गुणस्तर घटाउँछ । साथै ओभ्युलेसन फ्रिक्वेन्सी पनि घटाउँछ । यसको नतिजा, गर्भवती हुने सम्भावना कम गराउँछ ।

अर्कोतर्फ मधुमेहले महिनावारी सुरु हुन र ढिलोगरी प्रजनन् दरलाई कम गर्न सक्छ । डिम्ब ग्रन्थीलाई चाँडै रुखो र बूढो बनाउँछ । यसले गर्दा समयअघि नै रजोनिवृत्ति निम्त्याउँछ । महिनावारीको अनियमितता रगतमा ग्लुकोजको स्तरसँग जोडिएको हुन्छ, जसले महिलाको प्रजनन् आयुलाई असर गर्छ ।

अब के गर्ने त ?

मधुमेह र पीसीओएसलाई रोक्न वा व्यवस्थापन गर्न चाहने महिलाले दीर्घकालीन प्रभाव कम गर्न स्वस्थ जीवनशैलीको अभ्यास गर्नुपर्छ । नियमित व्यायाम गर्ने, सही खानपान गर्ने, मानसिक रुपमा स्वस्थ रहने जस्ता कुराले मोटोपन बढ्न दिंदैन ।

मोटोपन बढ्नुमा निष्क्रिय जीवनसँगै खानपानको भूमिका खास हुन्छ । सही, सन्तुलित, सुपाच्य खानेकुराले मोटोपन बढ्न दिंदैन । पौष्टिक खानेकुरा, सन्तुलित खानेकुरा, ताजा फलफूल र सागसब्जीको मात्रा बढाउनुपर्छ ।

आईभीएफ एक विकल्प

पीसीओएस वा मधुमेह जस्ता अवस्थाका कारण महिलाले गर्भधारण गर्न कठिनाइ भइरहेको अवस्थामा इनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) एउटा उत्तम विकल्प हुनसक्छ । यस विधिमा शुक्रकीटको साथ अण्डलाई शरीर बाहिर नै निषेचन गर्ने र त्यसपछि भ्रूणलाई गर्भाशयमा प्रत्यारोपण गरिन्छ । यो विधिले पीसीओएस जस्ता अवस्थाले हुने प्रजनन् जटिलताबाट मुक्त गर्छ ।

डा. नेहा हुमागाईं प्रजनन् मोटोपन
डा. नेहा हुमागाईं
लेखक
डा. नेहा हुमागाईं
प्रजनन् विशेषज्ञ

डा. हुमागाईं इन्दिरा आईभीएफ नेपाल केन्द्रकी प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त

डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त

गर्भावस्थामा हुने तनावले बच्चालाई प्रभाव पार्छ ?

गर्भावस्थामा हुने तनावले बच्चालाई प्रभाव पार्छ ?

उठ्नेबित्तिकै चक्कर लाग्नु, कतै गम्भीर समस्याको संकेत त होइन ?

उठ्नेबित्तिकै चक्कर लाग्नु, कतै गम्भीर समस्याको संकेत त होइन ?

सर्लाहीमा दादुरा महामारी, १ बाटै १८ जनालाई सर्ने जोखिम

सर्लाहीमा दादुरा महामारी, १ बाटै १८ जनालाई सर्ने जोखिम

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?