 
																			१४ फागुन, काठमाडौं । पोखरा महानगरपालिका-१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक जनाको शव निकालिएको छ । एक जना भने अझै बेपत्ता छन् ।
माछा मार्न गएका पाँच जनामध्ये सोही महानगरपालिका-१ कसेरी बस्ने ४० वर्षका मंगा तामाङ्गको शव नं. २४ कालिका गण कास्कीको गोताखोर र विपद् उद्धार टिमसहितको फौजले आइतबार राति निकालेको हो ।
उनको शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।
सोही ठाउँ बस्ने ४३ वर्षीय रक्सेस तामाङ्गको गोताखोर र विपद् उद्धार टिमले खोजी कार्य जारी राखेको छ ।
माछा मार्न गएका अन्य तीन जना भने सकुशल छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4