+
+

समस्याग्रस्त सेयर मार्केट्स एन्ड फाइनान्स चलाउन व्यवस्थापन समिति गठन गर्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १२:३३

१४ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि संयोजक नियुक्त गर्ने भएको छ ।

संस्था सञ्चालन तथा व्यवस्थापनका लागि दुई जना सम्मिलित व्यवस्थापन समूहमा संयोजक पदपूर्ति गर्न सूचना आह्वान गरेको हो ।

व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकिङ क्षेत्रमा न्यूनतम १० वर्ष अनुभव प्राप्त गरेको बैंकिङ विज्ञले आवेदन दिने सक्ने राष्ट्र बैंकले जनाएको छ ।

न्युनतम सेवा अवधि एक वर्ष रहने र ६÷६ महिनाका लागि दुईपटक सेवा अवधि नवीकरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

दर्खास्त दिने उम्मेदवार ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ । मासिक पारिश्रमीक १ लाख २६ हजार ३ सय रुपैयाँ दिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?