+
+

सम्पत्ति शुद्धीकरणको आरोपमा सुनिल कुमार सिंह दोषी ठहर

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १८:३१

१५ फागुन, काठमाडौं । विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा सुनिल कुमार सिंहलाई दोषी ठहरसहित सजाय निर्धारणका लागि पेश गर्न आदेश दिएको छ ।

न्यायाधीशहरु खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले अपहरण तथा शरिर बन्धकको मुद्दामा दोषी ठहर भएका सिंहलाई गलत ढंगले आर्जन गरेको सम्पत्ति लुकाएको आरोपमा दोषी ठहर गरेको हो ।

विशेष अदालतले उनी सहित मीना कार्कीले पनि सम्पत्ति लुकाउन सहयोग गरेको ठहर गरेको छ । उनीहरुले अपराधबाट आर्जन गरेको रकम घरजग्गा खरिदबिक्रीमा लगानी गरेको देखिएको भन्दै कसुरमा संलग्न भएको निष्कर्ष निकालेको हो ।

उनीहरुलाई कसुर निर्धारणका लागि २४ फागुनमा पेश गर्न आदेश भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । उनीहरुविरुद्ध २४ फागुन, २०७९ मा मुद्दा दायर भएको थियो ।

भारत देवरियाका सुनिल कुमार सिंह विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएर गैरकानूनी रुपमा सम्पत्ति जोडेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आरोप थियो ।

उनीमाथि अपहरण तथा शरीर बन्धक, अवैध हातहतिरयार र झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोप थियो । ती सबै आरोपमा अदालतले उनलाई दोषी ठहर गरेको विभागको दावी थियो ।

विभागले सिंह सहित उनकी श्रीमती मिना कार्कीले विभिन्न बैंक तथा वित्तिय संस्थामा १८ वटा खाता खोली रकम संकलन गरेको आरोप लगाएको थियो । विभागले सुनिलमाथि एक करोड ५५ लाख र मिना कार्कीमाथि एक करोड ६० लाख रुपैंया विगो मागदावी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?