
काठमाडौं । एकै परिवारका तीन सदस्यका चार पुस्तक विमोचन गरिएको छ । ‘मेरा बाल सिर्जनाहरू’ र ‘नेपाललाई नेपाल बनाउने चाहना’, ‘बाल सहभागिता र बाल क्लब’ र ‘नीलिमा र क्यामेरा’ कथासङ्ग्रहको संयुक्त विमोचन भएको हो ।
१२ वर्षीय त्रिदेव पौडेलद्वारा लिखित ‘मेरा बाल सिर्जनाहरू’ र ‘नेपाललाई नेपाल बनाउने चाहना’, डा.देवकी आचार्यद्वारा रचना गरिएका १८ वटा कथाहरू सङ्गृहीत ‘नीलिमा र क्यामेरा’ कथासङ्ग्रह ।
सशस्त्र द्वन्द्वले बालबालिकामा परेका प्रभावका विषय, बाल क्लबको सुरुवातदेखि अहिलेसम्मको ऐतिहासिक पृष्ठभूमिमा रहेर तिलोत्तम पौडेलद्वारा लिखित ‘बाल सहभागिता र बाल क्लब’ नामक पुस्तकसहित चार वटा पुस्तक संयुक्त रूपमा विमोचन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व परराष्ट्र मन्त्री तथा वरिष्ठ साहित्यकार प्रदीप ज्ञवालीले नेपाललाई नेपाल कसरी बनाउन सकिन्छ भन्ने विशेषता समेटेर बालकले लेखेको पुस्तकले नेतृत्वमा रहेका व्यक्तित्वहरूलाई समेत मार्ग दर्शन गरेको र नेपालमा नै रहेको विशेषतालाई प्राथमिकतामा राखेर देश बनाउनका लागि अगाडि बढ्ने कुरालाई बालकको पुस्तकले प्रेरित गरेको बताए ।
कार्यक्रममा लेखकको तर्फबाट त्रिदेव पौडेलले आफ्ना दुई कृतिहरू कोभिड महामारी र लकडाउनको समयमा साहित्य रचना गरी पुस्तक विमोचन गर्न सफल हुन पुगेको कुरा बताए ।
बाल अधिकार, मानवअधिकार लगायत साहित्यका क्षेत्रका अग्रजहरू सहित करिब २०० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिक्रिया 4