+
+

फिल्म ‘मेयर’को छायांकनमा जोडिइन् ऋचा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते १६:३७

काठमाडौं । निर्देशक दीपेन्द्र के खनालले सर्लाहीको बागमती नगरपालिकामा फिल्म ‘मेयर’को छायांकन गरिरहेका छन् । शीर्ष भूमिकामा अभिनेता खगेन्द्र लामिछानेको छायांकन सुरुदेखि नै भइरहेको छ ।

मंगलबारदेखि अभिनेत्री ऋचा शर्मा, दिव्यदेव पन्त, अनुप बराल, हरिहर शर्मा र अर्पण थापा छायांकनमा जोडिएका छन् । छायांकन सेटबाट प्राप्त तस्वीरमा यी कलाकारलाई देख्न सकिन्छ । फिल्ममा ऋचाको विशेष भूमिका रहेको निर्देशक खनालले बताए ।

‘मेयर’को सेटबाट प्राप्त तस्वीरमा ऋचालाई क्यारेक्टर लुक्समा देख्न सकिन्छ । उनी कालो कुर्था सलवारमा देखिन्छिन् ।

बागमती नगरपालिकाका मेयर भरत थापाको जीवनबाट प्रभावित रहेर बनाउन लागिएको यो फिल्ममा खगेन्द्रले थापाको जीवनका दुई सेडमा आफूलाई प्रस्तुत गर्दैछन् । छायांकनको पहिलो दिन प्राप्त तस्वीरमा पनि खगेन्द्रको चरित्र लुक्स भरतजस्तै देखिएको चर्चा भएको थियो ।

४० दिनसम्म यो फिल्मलाई काठमाडौं र सर्लाहीमा छायांकन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?