+
+

पाँच महिलालाई काठमाडौं लेडी जेसिजको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते २१:०३

२४ फागुन, काठमाडौं । काठमाडौं लेडी जेसिजले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पाँच जना महिलालाई सम्मान गरेको छ ।

विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने पाँच जना महिलाहरुलाई बिहिवार एक समारोहका बीच सम्मान गरेको हो । काठमाडौं लेडी जेसिजले सञ्चार क्षेत्रबाट दीपा दाहाल, खेलकुद क्षेत्रबाट अश्मिना कर्मचार्य, सुरक्षा क्षेत्रबाट मीनादेवी राई, यातायात क्षेत्रबाट हर्मिता श्रेष्ठ, स्वस्थ्य क्षेत्रबाट मनिषा सिम्खडालाई सम्मान गरिएको हो ।  काठमाडौं लेडी जेसिजका शाखा अध्यक्ष स्तुति बुढाथोकीले समाजमा  विभिन्न क्षेत्रमा  योगदान  पुर्‍याएबापत सम्मान गरिएको बताइन् । उनले आगामी दिनमा पनि यस्ता खालका सम्मानका कार्यक्रमहरुलाई निरन्तरता दिने बताइन् ।

कार्यक्रमको प्रमुख अतिथि नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष रबिन पोख्रेलले महिलाहरु पनि पुरुषसरह सक्षम भएको बताउँदै उनीहरुलाई थप  हौसला प्रदान गर्नुपर्ने बताए ।  कार्यक्रममा विभिन्न शाखाका अध्यक्षहरु, पदाधिकारीहरु अन्य संस्थाको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?