+
+

टी–२० विश्वकपलाई नेपालको उत्कृष्ट टोली कसरी बनाउने ?

नेपालले नेदरल्यान्ड्स र श्रीलंकासँग अमेरिकामा तथा दक्षिण अफ्रिका र बंगलादेशसँग वेस्टइन्डिजमा गएर खेल्नेछ । विश्वकपमा ड्रिम प्रदर्शन गर्न नेपालले टोली निर्माणमा धेरै काम गर्नुपर्ने देखिन्छ ।

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० फागुन २५ गते ७:०१

काठमाडौं । बंगलादेशमा सन् २०१४ मा भएको टी२० विश्वकपमा डेब्यू गर्दै नेपालले हङकङ र अफगानिस्तानलाई हराएर सनसनी मच्चाएको थियो ।

त्यही नेपालले आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा हुने टी२० विश्वकपमा दोस्रो पटक सहभागिता जनाउँदैछ ।

यो विश्वकपमा शानदार प्रदर्शनका साथ उथलउथल पार्ने र आईपीएल, बिग ब्यास लगायत विश्वभरका फ्रेञ्चाइज लिगको ध्यान आफूतिर तान्ने अवसर खेलाडीसँग हुनेछ ।

२० देश सहभागी टी२० विश्वकपमा नेपाल रहेको समूह डी मा दक्षिण अफिका, नेदरल्यान्ड्स, श्रीलंका र बंगलादेश छन् । शीर्ष दुई टोली सुपर८ मा पुग्नेछन् । दक्षिण अफ्रिका उपाधि दाबेदार, श्रीलंका र बंगलादेश टेस्ट टोली तथा नेदरल्यान्ड्स एसोसिएटको बलियो टोली हो । तुलनात्मक रुपमा नेपाल कमजोर मानिन्छ ।

मंगलबार नेदरल्यान्ड्सले त्रिकोणात्मक टी२० आई सिरिजको फाइनलमा नेपाललाई ४ विकेटले हराउँदै उपाधि जित्यो । पहिलो रोजाइका पाँच खेलाडी नहुनु, नेपालको घरेलु मैदान, दर्शक र कन्डिसनमा जित्नुले विश्वकप अघि डच टोलीको मनोबल उच्च हुनेछ ।

वेस्टइन्डिज कन्डिसनमा नेपाली खेलाडी हालसम्म खेलेका छैनन् । अमेरिकामा गतवर्ष आईसीसी विश्वकप लिग२ का चार खेल खेलेको थियो । नेपालले नेदरल्यान्ड्स र श्रीलंकासँग अमेरिकामा तथा दक्षिण अफ्रिका र बंगलादेशसँग वेस्टइन्डिजमा गएर खेल्नेछ । विश्वकपमा ड्रिम प्रदर्शन गर्न नेपालले टोली निर्माणमा धेरै काम गर्नुपर्ने देखिन्छ ।

स्पष्ट रणनीतिको आवश्यक

मानौं, विश्वकपको कुनै खेलमा नेपाललाई जितको लागि अन्तिम ओभरमा २० रन चाहियो । ५६ विकेट गुमेको अवस्थाबाट खेल जिताउने नेपाली खेलाडी कुन् ? दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, विवेक यादव, सन्दीप जोरा र गुल्शन झा फिनिसरका दावेदार हुन् । दीपेन्द्र फिनिसिङमा चुक्दा फिनिसिङ गर्ने अर्को खेलाडी तयार पार्न सक्नुपर्छ ।

पहिला ब्याटिङ गर्दै २०० माथि योगफल बनाउने विकेट (पिच) छ । यो अवस्थामा विष्फोटक सुरुवात वा अन्तिम पाँच ओभरमा बाउन्ड्रीको वर्षा कसले गराउने ?

ओपनर कुशल भुर्तेल वा आसिफ शेख मध्य एक लयमा नभएमा अर्को विकल्प कुन ?

टी२० मा केहि संघर्ष गरेका आसिफको विकल्प सोच्ने की नसोच्ने ?

कल्पना गरौं न, नेपालले अन्तिम खेलमा बंगलादेशलाई हराउन सके सुपर८ मा पुग्ने समीकरण बन्यो । यस्तो अवस्थामा कस्तो रणनीति बनाउने ?

सुरुवातमै ४५ विकेट गुमाएमा त्यहाँबाट सम्हाल्लेर लगेर जाने कसले ?

दक्षिण अफ्रिका कागिसो रबाडा, एनरिच नोर्किया र जेराल्ड कोट्जी जस्ता प्रतिघण्टा १५० किलोमिटर भन्दा तिव्र गतिमा बलिङ गर्ने बलरविरुद्ध कसरी खेल्ने ?

सर्ट वा बाउन्सर बलको तयारी कसरी गर्ने ?

अन्तिम ३ ओभरमा दक्षिण अफ्रिका वा कुनै टोलीविरुद्ध ४५ रनको आसपास रन चाहिदा रोक्न सक्ने बलर को हुनसक्छ ?

दक्षिण अफ्रिकाका डेविड मिलर, श्रीलंकाका दासुन शानका वा डच टोली र बंगलादेशविरुद्ध डेथ ओभरमा उत्कृष्ट स्पेल निकाल्ने बलर अहिले नै तयार पार्नमा ध्यान दिनुपर्छ । डेथ ओभर स्पेलिष्ट अविनाश बोहराले दबाबमा सधैं खराब प्रदर्शन गर्दै आएका छन् । उनको व्याकअप तयार पार्न आवश्यक छ ।

गुल्शनलाई अलराउन्डर कि ब्याटरको रुपमा मात्रै खेलाउने अहिले प्रष्ट हुन आवश्यक छ । पावर प्लेमा करण र सोमपालको बलिङ राम्रो भएन भने के गर्ने ?

प्रतिश जिसी र अभिनाश दुबै प्लेइङ ११ मा सम्वभ छ ?

त्रिकोणात्मक टी२० आई सिरिजमा नामिबियाविरुद्ध बायाँ हाते स्पिनर ललित राजवंशीलाई शीर्ष र मध्यक्रममा बढी बायाँ हाते ब्याटर भएको भन्दै खेलाइएन । बायाँ हाते ब्याटर बढी भएको सबै खेलमा उनलाई बेञ्चमा राख्ने की राम्रो बलिङ गराउन तयार पार्ने अहिले सोच्नुपर्छ ।

दीपेन्द्र त अलराउन्डर हुन् । ललित खेल्दैनन् भने प्रमुख स्पिनर को ?

सूर्य तामाङ र सागर ढकाललाई विश्वकपअघि मौका दिएर हेर्नुपर्छ । विश्वकपमा एक्कासी खेलाउनु परे राम्रो प्रदर्शन नआउन सक्छ ।

विश्वकपमा कुनै टोलीमा धेरै बायाँ हाते ब्याटर भएमा दीपेन्द्रपछिको पार्टटाइम अफ स्पिनर को ?

टेस्ट टोलीका ब्याटर रोहितमाथि हाबी हुने प्रष्ट छ ।

त्यति मात्रै होइन बंगलादेशका बायाँ हाते तीव्र गतिका बलर मुश्ताफिजुर रहमान र शोरिफु इस्लामविरुद्ध सुरुवातमा ब्याटिङ कसलाई गराउने सोच्न आवश्यक छ ।

बायाँ हाते ब्याटरमा कुशल मल्ल र गुल्शन झालाई माथि खेलाउन परे तल्लोक्रममा कसरी प्रस्तुत हुने सोच्न आवश्यक देखिन्छ । श्रीलंका दुई स्पिनर वानिन्दु हसरंगा र महेश थिक्सेना स्पिन उत्कृष्ट सामना गर्ने ब्याटर मध्यक्रममा कुन हुनसक्छन् सोच्न आवश्यक छ ।

नेपालले विवेक यादवलाई टी२० सिरिजमा एउटा मात्रै खेल खेलायो । आरिफ शेख टी२० खेलाडी नभएको भन्दै यसअघि नेपालको टोलीमा थिएनन् । आरिफले ३४ टी२० आई खेलमा १०७.९२ को स्ट्राइक रेटमा ४३६ रन बनाएका छन् ।

आरिफले पाँच वा त्यो भन्दा तल्लोक्रममा खेल्नेछन् । उक्त पोजिसनमा खेल्ने कुनै पनि टी२० खेलाडीको स्ट्राइकरेट कम्तिमा पनि १५० माथि हुनुपर्छ ।

ओडीआई विशेष आरिफलाई तीन खेलमा खेलाउनु भन्दा फिनिसर विवेकलाई प्रयोग गर्नु बढी लाभदायक हुनसक्थ्यो ।

नेपालले सिरिजमा खेलाडी र ब्याटिङक्रम अत्याधिक प्रयोग गरेको छ । खेलाडीको स्तर परीक्षण गर्ने सही समय पनि सिरिज हो । तर विश्वकप केन्द्रीत खेलाडी मात्रै परीक्षण गर्नुपर्छ । आफ्नो आवश्यकतामा ध्यान दिनुपर्छ ।

विश्वकपअघि नेपालले अझै २०२५ वटा टी२० खेल खेल्ने सम्भावना छ । हङकङ त्रिकोणात्मक सिरिज, आयरल्यान्ड ए, बरोडा र गुजरातसँग सिरिज र एसीसी प्रिमियर कप ओमान लगायत नेपाल टोली निकै ब्यस्त हुनेछ ।

कप्तान रोहित पौडेल, प्रशिक्षक मोन्टी देशाई र टिम म्यानेजमेन्टले विश्वकपमा राम्रो गर्न यी प्रश्नको जवाफ खोज्न आवश्यक छ ।

नेपालले पनि सक्छ ठूला टोलीलाई हराउन

२०२२ को टी२० विश्वकपमा नेदरल्यान्ड्सले १५८ रन बनाउँदै दक्षिण अफ्रिकालाई १३ रनले हराएको थियो । नामिबियाले १६३ रन बनाउँदै श्रीलंकालाई १०८ रनमा अल आउट गरेको थियो । २०२१ को टी२० विश्वकपमा स्कटल्यान्डले बंगलादेशलाई १३४ रनमै रोक्दै ६ रनको जित हात पारेको थियो । २००९ को विश्वकपमा नेदरल्यान्ड्सले इंग्ल्यान्डलाई ४ विकेटले हराएको थियो ।

नेपालले यी सबै एसोसिएट टोलीलाई हराइसकेको छ । उनीहरुले ठूला टोलीलाई हराउन सक्छन् भने नेपालले नसक्ने भन्ने हुँदैन । फरक मानसिकता मात्रै हो । त्यसको लागि ठूला टोली, स्टार खेलाडी र दबाबमा कसरी खेल्ने सिकाउन निकै आवश्यक देखिन्छ । कुन कति नम्बरमा खेल्ने स्पष्ट ब्याटिङ लाइनअप, रणीनित र भूमिका दिन आवश्यक देखिन्छ ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?