News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेड बेलबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
- प्लानिङ ब्वाइजले एल.एक्स. सिटी फुटबल क्लबलाई ३-० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
- प्रतियोगिताको विजेताले नगद आठ लाख र उपविजेताले नगद चार लाख रूपैयाँ पुरस्कार पाउनेछन्।
३० असोज, काठमाडौं । काठमाडौंकाे प्लानिङ ब्वाइज युनाइटेड बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङमाहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको फाइनलमा प्रवेश गरेकाे छ ।
बिहीबार भएकाे पहिलाे सेमिफाइनलमा आयाेजक एल.एक्स. सिटी फुटबल क्लबलाई ३-० गाेलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो ।
खेलकाे चौथो मिनेटमा चन्दन दासले गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको ७७औं मिनेटमा प्रतापसिंह राईले गोल गरे भने ७९औं मिनेटमा राेमन भुजेलले गोल गरे ।
खेलकाे म्यान अफ द म्याच राेमन भुजेल घाेषित भए । उनले नगद ७ हजार रुपैया प्राप्त गरे ।
शुक्रबार दाेस्राे सेमिफाइनलमा सहलेश युथ क्लब सिरहा र भाेजपुर फुटबल संघ खेल्नेछन् ।
प्रतियाेगिताको विजेता टोलीले नगद आठ लाख र उपविजेता टोलीले नगद चार लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
प्रतिक्रिया 4