+
एएफसी एसियन कप छनोट :

भियतनामसँग खेलेर नेपाली फुटबल टोली स्वदेश फर्कियो

२०८२ असोज  ३० गते १३:४२ २०८२ असोज ३० गते १३:४२
भियतनामसँग खेलेर नेपाली फुटबल टोली स्वदेश फर्कियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फुटबल टोलीले एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँग दुई खेलमा पराजित भएपछि समूह चरणबाटै बाहिरिएको छ।
  • नेपालले समूह एफमा चार खेलमा लगातार हार व्यहोरेर अंकविहीन हुँदै समूहको पूछारमा परेको छ।
  • भियतनाम ९ अंकसहित दोस्रो स्थानमा छ भने मलेसिया १२ अंकसहित शीर्ष स्थानमा छ।

३० असोज, काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत भियतनाम विरुद्धको होम र अवे खेल खेलेर नेपाली फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ ।

नेपाल भियतनामसँग पहिलो खेलमा ३-१ ले पराजित भएको थियो भने दोस्रो खेलमा केही प्रतिस्पर्धात्मक चुनौती प्रस्तुत गरेपनि १-० ले पराजित भयो ।

समूह एफमा रहेको नेपाल लगातार चार खेलमा पराजित भएपछि एसियन कपमा छनोट हुने सम्भावना सकिएको छ भने दुई खेल खेल्नुअघि नै समूह चरणबाटै बाहिरिएको छ ।

यसअघि मलेसियासँग २-० ले पराजित भएको नेपाल लाओससँग २-१ ले पराजित भएको थियो । अब नेपालले मलेसिया र लाओससँग होम म्याच खेल्न बाँकी छ ।

चार खेल हारेको नेपाल अंकविहिन हुँदै पूछारमा छ । भियतनाम ४ खेलबाट ९ अंकसहित दोस्रोमा छ । मलेसिया १२ अंकसहित शीर्ष स्थानमा छ ।

एएफसी एसियन कप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय