+
+

उच्च रेकर्ड बनाएको सुनको मूल्य शुक्रबार स्थिर

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २५ गते ११:२७

२५ फागुन, काठमाडौं । उच्च रेकर्ड बनाएको सुनको मूल्य शुक्रबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारकै मूल्यमा सुनको कारोबार भएको छ ।

बिहीबार हालसम्मकै उच्च प्रतितोला १ लाख २५ हजार रुपैयाँ रहेको सुन शुक्रबार पनि सोही मूल्यमै कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि रोकिएपछि शुक्रबार नेपाली बजारमा पनि स्थिर रहेको हो ।

चाँदीको भाउ पनि शुक्रबार स्थिर रहेको छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ४७० रुपैयाँमा शुक्रबार चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?