+
+
त्रिकोणात्मक टी२० आई सिरिज :

पपुवा न्युगिनीविरुद्ध कुशल भुर्तेलको अर्धशतक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते ७:४६
फाइल तस्वीर ।

२९ फागुन, काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १३ ओभरमा ३ विकेट गुमाउँदै ९७ रज बनाएको छ । कुशल भुर्तेल ३४ बलमा ४ चौका र ३ छक्कासहित ५१ रनमा नटआउट छन् । सन्दीप जोरा ११ बलमा १४ रन बनाएर खेलेका छन् ।

कुशलले ३२ बलमा अर्धशतक पूरा गरेका थिए । नेपाललाई ओपनर विनोद र कुशल भुर्तेलले ७.३ ओभरमा ६४ रनको सुरुवात दिलाएका थिए । स्पिनर जोहन कारिकोलाई ठूलो सट खेल्नेक्रममा विनोद नर्मन भानुवाबाट क्याच आउट भएका थिए । विनोदले २२ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाए ।

कप्तान रोहित पौडेल नोसैना पोकनाको नवौं ओभरको पहिलो बलमा एज लागेर विकेटकिपर डोरिगाबाट १ रनमा क्याच आउट भए । आरिफ शेख १० औं ओभरको तेस्रो बलमा ४ रनमा विकेटकिपर डोरिगाबाट क्याच आउट हुन पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?