+
+

यो संसद रहँदासम्म यो सरकार रहन्छ : योगेश भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १८:५२

३० फागुन, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अहिलेको सरकार यो प्रतिनिधि सभाको कार्यकालभर रहने बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘यो संसद रहँदासम्म यो सरकार (वर्तमान सरकार) कायम रहन्छ । किनकी यो संसदका लागि लगभग यो अन्तिम विकल्प हो । त्यसैले अब अर्को कुनै सरकार बनाउने कोशिश हुँदैन ।’

एमालेले प्रचण्डलाई स्वीकार गरेको उल्लेख गर्दै उनले प्रचण्ड नेतृत्वको सरकारलाई आउने चार वर्षसम्म टिकाउने दायीत्व पनि एमालेको भएको बताए ।

‘प्रचण्डलाई हामीले स्वीकारेका छौं । त्यसो हुँदा एमालेको दायित्व छ कि– यो सरकारलाई आउने चार वर्षसम्म अगाडि बढाउने र यो संसदलाई आउने चार वर्षसम्म अगाडि बढाउने र मुलुकमा व्याप्त भएका कतिपय समस्याहरुका सकारात्मक निकास दिने’, उनले भने ।

निराशालाई आशामा बदल्ने, अर्थतन्त्रलाई सम्मुनत बनाउने र संसदबाट आवश्यक विधेयकहरु पास गर्न आफूहरुले ध्यान दिने पनि उनले बताए । संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐन लगायत संघीयता कार्यान्वयनसँग सम्बन्धित कानुनहरु बनाउने, शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने विषय आफूहरुको प्राथमिकतामा रहेको पनि एमाले सचिव भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?