+
+

५९ पुगे आमिर खान, बुवासँग विद्रोह गरेर आएका थिए फिल्ममा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते १३:०४

काठमाडौं । भारतीय फिल्ममा ‘मिस्टर पर्फेक्टसनिस्ट’को संज्ञा पाएका अभिनेता आमिर खान बिहीबार ५९ औं जन्मदिन मनाउँदैछन् । आठ वर्षको उमेरमा बालकलाकारको रुपमा करिअर थालेका उनले ३० वर्ष लामो अभिनय करिअरमा ४८ फिल्म खेले, जसमध्ये अधिकांश सुपरहिट छन् ।

सन् २०१६ मा रिलिज भएको ‘दंगल’ अझै पनि भारत र हिन्दी भाषामा सबैभन्दा धेरै कमाउनेमध्येको एक फिल्म हो । आमिरका तीन फिल्म भारतका शीर्ष १० को सूचीमा छन्, जुन आफैंमा एक कीर्तिमान हो ।

यो उपलब्धि हासिल गर्न उनलाई सजिलो पक्कै थिएन । उनका बुबा ताहिर हुसैन फिल्म निर्माता थिए, जसले लगातार फ्लप फिल्मको कारण आर्थिक संकटको सामना गरे । उनी छोरा आमिरलाई फिल्ममा ल्याउन चाहँदैन थिए । तर आमिरले बुवाको यो निर्णविरुद्ध विद्रोह गरे । फिल्ममा स्थान बनाए । आमिरले अभिनय गरेका आधुनिक प्रेमकथाका फिल्मबाट हिन्दी सिनेमाले नयाँ जीवन पायो ।

आमिरले आफ्नो पूर्णताको माध्यमबाट हिन्दी फिल्म उद्योगमा पहिचान बनाए । कहिले उनी पोस्टर टाँस्न सडकमा निस्कन्थे । एउटा दृश्य खिच्नका लागि १२ दिनसम्म पनि नुहाउँदैन थिए ।

१४ मार्च १९६५ मा बम्बई (अहिले मुम्बई)मा जन्मेका आमिरका पिता ताहिर हुसैन एक प्रसिद्ध फिल्म निर्माता थिए । काका नासिर हुसैन एक प्रसिद्ध निर्देशक थिए । चार दाजुभाइमध्ये जेठा आमिरको पूरा नाम मोहम्मद आमिर हुसैन खान हो । उनी स्वतन्त्रता सेनानी मौलाना आजाद र भारतका तेस्रो राष्ट्रपति जाकिर हुसैनका सन्तान हुन् । स्वतन्त्रता सेनानी अब्दुल कलाम आजाद पनि उनका पुर्खा हुन् । मणिपुरको १६ औं गभर्नर नजमा हेपतुल्ला आमिरका अर्का काका हुन् ।

आमिर खानका काका नासिरले भारतीय फिल्ममा पहिलो मसाला फिल्म ‘यादों की बारात’ (१९७३) निर्देशन गरेका थिए । यस फिल्ममा उनले आमिर खानलाई बाल कलाकारको रुपमा कास्ट गरेका थिए ।

फिल्मको एक दृश्यका लागि आमिरले गिटार बजाउनुपरेको थियो । तर आठ वर्षका उनलाई गिटार कसरी समात्ने भन्ने थाहासम्म थिएन । यस्तो अवस्थामा उनले सेटमा धेरै घण्टा गिटार बजाउन सिके । जबसम्म आमिर गिटार बजाउन सिकेनन्, तबसम्म नासिरले छायांकन सुरु गर्न सकेनन् ।

आमिरले सन् २००१ मा फिल्म ‘लगान’बाट निर्माताको रूपमा करिअर थाले । ओस्कारमा उत्कृष्ट विदेशी फिल्मको विधामा मनोनित हुने यो तेस्रो भारतीय फिल्म हो । यो फिल्मको सुटिङका क्रममा आमिर फिल्मका सहायक निर्देशक किरण रावसँग प्रेममा परेका थिए । दुवैले सन् २००५ मा विवाह गरे । तर दुवैले सन् २०२१ मा सम्बन्ध बिच्छेद गरे ।

आमिर खानले सन् १९९६ मा फिल्म ‘राजा हिन्दुस्तानी’मा एक मिनेटको चुम्बन दृश्य दिएका थिए । त्यो समयको यो सबैभन्दा लामो चुम्बन दृश्य थियो, जसलाई छायांकन गर्न चार दिन ४७ दिन लागेको थियो ।

आमिरले सन् १९९८ मा रिलिज भएको फिल्म ‘गुलाम’को क्लाइमेक्स एक्सन सिक्वेन्सका लागि नुहाउन छाडेका थिए । १२ दिनसम्म ननुहाएर उनी धुलोले ढाकिएका थिए ।

सन् २००९ को फिल्म ‘थ्री इडियट्स’को एक दृश्यमा आमिर, आर माधवन र शरमन जोशी मातेको अवस्थामा पिसाब गर्न भाइरस (एक पात्र)को घरमा जानुपर्ने थियो । आमिरले दृश्यलाई वास्तविक देखाउन तीनै कलाकारले रक्सी पिउनुपर्ने सुझाव दिए । आमिरको सुझावपछि तीनै जनाले साँच्चै रक्सी पिएर दृश्य खिचे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?