 
																			३ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनका जोखिमलाई ख्याल गरेर लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तीय संस्थाहरूलाई जलवायु परिवर्तनबारे सचेत गराएका हुन् । यसका लागि गभर्नर अधिकारीले मेलम्ची खानेपानी आयोजना बाढीले बगाएको उदाहरण पेस गरे ।
उनले जलवायु परिवर्तनको असरलाई ख्याल गरेर लगानी गर्ने कुरामा नेपाल राष्ट्र बैंक र नेपाल सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे । गभर्नर अधिकारीले भने, ‘बैंक तथा वित्तीय संस्थाले जलवायु परिवर्तनले ल्याउने जोखिमलाई ध्यानमा राखेर लगानी गरे मुलुकको आर्थिक विकास सबल ढंगले अघि बढाउन सकिन्छ ।’
गभर्नर अधिकारीले ‘ग्रिन फाइनान्स ट्याक्स इकोनमी’बारे अध्ययन भइरहेको पनि बताए । उनले जोखिमको क्षेत्रमा लगानी नगर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रहसमेत गरेका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4