+
+

मधेशमा कांग्रेसका मन्त्री बर्खास्त, एमाले नेता यादव मन्त्री नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते १९:३८

५ चैत, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गरेर उनले एमाले नेतालाई सरकारमा सहभागी गराएका छन् ।

सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादव मन्त्री नियुक्त भएका मुख्यमन्त्री निकट स्रोतले जनाएको छ ।

एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसहितको गठबन्धन बनेपछि एमालेका नेता यादव मन्त्री नियुक्त भएका हुन् ।

मधेश सरकारमा नेपाली कांग्रेसबाट ३ जना मन्त्री छन् । त्यस्तै जनमत पार्टीका सांसदले सरकार छाड्दा खाली भएका २ मन्त्रालय पनि मुख्यमन्त्रीको जिम्मामा छ । स्रोतका अनुसार नेकपा एमालेले ४ वटा मन्त्रालय पाउनेछ ।

एमाले नेता सरोजकुमार यादव २७ पुस २०७९ मा मधेशको भौतिक पूर्वाधार मन्त्री बनेका थिए । तर केन्द्रमा गठबन्धन फेरिएपछि एमाले सरकारबाट बाहिरिएको थियो ।

एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले तत्काल एकजना मात्रै सरकारमा सहभागी भएको र पछि पुन: ३ जना सहभागी हुन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?