+
+

राष्ट्रिय टोलीमा चार खेलाडीको डेब्यु

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० चैत ९ गते ११:५१

९ चैत, मानमा बहराइन । फिफा विश्वकप छनोट अन्तर्गत बिहीबार बहराइन विद्ध भएको खेलमा नेपालक लागि चार खेलाडीले डेब्यु गरेका छन् ।

बहराइनको रिफास्थित नेशनल स्टेडियममा भएको खेलमा नेपालका चार खेलाडीले सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका छन् । नेपाली टोलीमा यस पटक नयाँ खेलाडीहरु धेरै भएकोले मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले चार नयाँ खेलाडी खेलाएका छन् ।

अभिषेक लिम्बु, सौभाग्य (सन्जित) राई तथा फरवार्डद्वय समिर तामाङ र सन्जिव विष्टले डेब्यु गरेका हुन् ।

अभिषेक, सौभाग्य र समिरले पहिलो पटक राष्ट्रिय टिममा पर्दा नै डेब्यु वगर्ने अवसर पाएन । अझ अनुभवी खेलाडी रोहित चन्द नहुँदा अभिषेक लिम्बुले पहिलो रोजाईँमै डेब्यु गरेका थिए ।

यस्तै सौभाग्य राई हाफ टाइममा सुमित श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए ।

युवा फरवार्ड समिर ७९औं मिनेटमा हिसुब थपलियाको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरे ।  समिरले केही महिनाअघि घरेलु मैदानमा साफ यू१९ च्याम्पियनसि खेलेका थिए । यस्तै केही समयमभए भएको चीनको प्रान्तिय युवा टोली विरुद्ध पनि समिरले खेलेका थिए । तर समिरले बहराइन विरुद्ध भने धेरै समयम मैदानमा बिताउन भने पाएनन् ।

उनैलाई रिप्लेस गर्दै  अर्का फरवार्ड सन्जिवले ८८औं मिनेटमा डेब्यु गरे । लामो समयपछि राष्ट्रिय टिममा कमब्याक गरेका भरत खवासले पनि ८८औं मिनेटमा मनिष डाँगीको स्थानमै मैदान प्रवेश गरेका थिए ।

समूह एच अन्तर्गत आफ्नो तेस्रो खेल खेलेको नेपाल बहराइनसँग ५-० ले पराजित भयो । घरेलु मैदानमा खेल्नुपर्ने भएपनि दशरथ रंगशालमा खेलाउन लायक नभएपछि नेपालले आफ्नो होम म्याच बहराइन आएर खेल्नुपरेको हो ।

नेपालका मुख्य प्रशिक्षक एनेसले नयाँ खेलाडीले अवसर पाउनु राम्रो कुरा रहेको बताए ।

‘यस खेलमा नयाँ खेलाडीलाई खेल्ने अवसर दियौँ त्यसमा खुशी छौँ ।’ उनले पोष्ट म्याच कन्फेरेन्समा भने ।

अन्जन विष्ट घाइते हुँदै सुरुमै निस्कनुपरेपछि नेपालले कप्तान किरण कुमार लिम्बु र डिफेण्डर अनन्त तामाङ बाहेक अरु सबै युवा र कम अनुभवी खेलाडी थिए ।

अनुभवी खेलाडी थोरै हुँदा त्यसको असर समेत परेको प्रशिक्षक एनेसले बताए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?