+
+

बहराइनको जस्तो सुविधा पाए नेपालले धेरै राम्रो गर्न सक्छ : प्रशिक्षक एनेस

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० चैत १४ गते ९:४४

१४ चैत, मनामा (बहराइन) । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले बहराइन विरुद्धको दोस्रो खेलमा नेपालको प्रदर्शन सुधार भएको बताएका छन् ।

फिफा विश्वकप र एएफसी एसियन कपको दोस्रो चरण अन्तर्गत मंगलबार बहराइनसँग ३-० ले पराजित भएपछि प्रशिक्षक एनेसले नेपाललाई राम्रो खेलेको बताए । ‘अघिल्लो खेल भन्दा राम्रो खेले । ट्याक्टिकल्ली राम्रो खेले । नेपालमा लिग छैन । खेलाडीले स्थानिय कप मात्र खेल्छन् । बलियो टिम विरुद्ध आज नेपालले राम्रो खेल्यो । खेलपछि एनेसले पोष्ट म्याच कन्फेरेन्समा भने ।’

उनले नेपाली टिममा युवा खेलाडीहरु धेरै रहेको र दुई खेलमा ५ खेलाडीले डेब्यु गरेको बताए ।

‘दुई खेलमा ५ नयाँ खेलाडीले डेब्यु गरे । २३ वर्षमुनीका १६ खेलाडी छन् । किरणले मात्र प्रोफेसनल लिग खेल्छन् । अनुभवी खेलाडी थोरै छन् । हामीले तयारीका लागि धेरै समय पाएनौँ,’ एनेसले भने, ‘आज खेलाडीले जे गरे त्यो अमेजिङ छ । बहराइनको शारीरिक र क्वालिटीमा राम्रो छ ।’

यस्तै एनेसले बहराइनबाट नेपालले अनुभव लिएर फर्कने बताए । ‘महत्वपूर्ण कुरा हामी अनुभव बटुलेर फर्कँदैछौँ ।’ उनले भने । ‘यदी नेपालले बहराइन जस्तो सुविधा पाए यो भन्दा धेरै राम्रो गर्न सक्छ ।’

बहराइनसँग पहिलो खेलमा ५-० ले पराजित भएको नेपाल दोस्रो खेलमा ३-० ले पराजित भएको थियो । समूह एचमा नेपालले खेलेको चारवटै खेलमा हार बेहोरेको छ ।

अंक विहिन हुँदै पूछारमा रहेको नेपालको फिफा विश्वकपको छनोटको तेस्रो चरण पुग्ने सम्भावना सकिएको छ । यस्तै समूहको शीर्ष दुईमा रहेर एसियन कपमा सिधै छनोट हुने सम्भावना पनि सकिएको छ ।

अब एसियन कपको छनोटमा फोकस हुने त्यसमा नेपालको लागि अवसर पनि रहेको प्रशिक्षक एनेसले बताए ।

यस्तै नेपालका युवा मिडफिल्डर लकेन लिम्बुले पनि पहिलो खेलको तुलनामा नेपालले बहराइन विरुद्ध दोस्रो खेलमा राम्रो प्रदर्शन गरेको बताए । यसको श्रेय सबै खेलाडीलाई उनको भनाई छ ।

यसैगरी बहराइनका प्रशिक्षक ड्रागनले अपेक्षा गरेजस्तै दोस्रो खेल केही कठिन भएको बताए ।

उनले आफ्नो खेलाडीले क्यारेक्टर देखाएको र भविष्यका लागि राम्रो आशा समेत देखाएको बताए ।

यस्तै नेपालको प्रदर्शन पनि राम्रो भएको भन्दै उनले आगामी दिनमा नेपालले राम्रो प्रदर्शन गर्ने विश्वास पनि व्यक्त गरे । साथै नेपालले युएईसँग अंक खोसेमा आफूहरुलाई सहज हुने समेत आशा राखे ।

नेपाली टोली बुधबार स्वदेश फर्कँदैछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?