काठमाडौं । दीपेन्द्र के खनाल यतिबेला सर्लाहीमा पोलिटिकल ड्रामा फिल्म ‘मेयर’ छायांकन गरिरहेका छन् । बागमती नगरपालिकाका मेयरको वास्तविक जीवनमा आधारित यो फिल्ममा खगेन्द्र लामिछानेको शीर्ष भूमिका छ ।
शनिबार फिल्मको एक भव्य राजनीतिक कार्यक्रमको दृश्य छायांकन गरियो, जहाँ ११ हजार जनाभन्दा बढीको उपस्थिति रहेको निर्देशक तथा निर्माता समेत रहेका खनालले जनाए । प्राप्त तस्वीरमा पनि ‘क्राउड’माझ छायांकन भइरहेको दृश्य देख्न सकिन्छ ।
उक्त कार्यक्रममा खगेन्द्र र अर्विशा थापाले भाषण दिए । भीडको बीचमा वर्षा राउत पनि उभिएको देख्न सकिन्छ । ‘दिलखुस हुने ढंगले खिचियो । पोल्टिकल ड्रामालाई चाहिने क्यानभास मजाले खिचिएको छ,’ खनालले भने, ‘नेपाली फिल्ममा यत्तिको क्यानभास कमै देख्न पाइन्छ ।’
स्थानीय नेताको कथावस्तुमा आधारित भएकाले पनि भीड जम्मा गर्न सजिलो भएको दीपेन्द्रले बताए । ‘विषय नै यहींको मान्छेको हो । जुन विषयमा फिल्म बनेको छ, उहाँहरुलाई निकै चासो देखिएको छ,’ उनी भन्छन्, ‘पोल्टिकल डामा जोडिने बित्तिकै जनता जोडिन्छ । जनता जोडिने बित्तिकै मास जोडिन्छ । मजाले खिच्न पाइएको छ ।’
अझै एक महिना यो फिल्मको छायांकन चल्ने जनाइएको छ । सुशासन र पर्यटन क्षेत्रमा गरेको कामबाट प्रशंसा पाइरहेका नगरपालिकाका मेयर भरतकुमार थापामाथि फिल्म बनिरहेको हो ।
तस्वीरहरु
प्रतिक्रिया 4