१४ चैत, रुपन्देही । ७० वर्षीया वृद्धाको कुटपिट गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको सियारी गाउँपालिका-७ रामजानकी टोलका २९ वर्षीय प्रभूनाथ थारू रहेका छन् ।
उनलाई घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी मनोहरप्रसाद भट्टले जानकारी दिए ।
पक्राउ परेका उनलाई जिल्ला अदालत रुपन्देहीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनले मंगलबार ७० वर्षीया वृद्धालाई कोठामा सुतिरहेको अवस्थामा कुटपिट गरी भागेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4