+
+
Shares

सिरहामा स्रोत नखुलेको १४ लाखसहित एक जना पक्राउ

सिरहाको औरही गाउँपालिका–५ औरही चोकबाट स्रोत नखुलेको १४ लाख रुपैयाँसहित एक जना युवक पक्राउ परेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते २१:३५

८ फागुन, सिरहा । सिरहाको औरही गाउँपालिका–५ औरही चोकबाट स्रोत नखुलेको १४ लाख रुपैयाँसहित एक जना युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका–३ शिवनगरका २१ वर्षीय संजित कुमार यादव छन् ।

प्रहरीले शुक्रबार दिउँसो मोटरसाइकलमा बरियारपट्टीबाट औरहीतर्फ आउँदै गरेका यादवलाई शंका लागेपछि जाँच गरेको थियो । जाँचका क्रममा उनको साथबाट एक हजार दरका १४ सय थान नोट बरामद गरेको हो ।

बरामद रकमको स्रोत खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?