+
+

बागमती सरकारमा हानेपाका बज्राचार्य संस्कृति मन्त्री बन्दै

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते १६:४७

१५ चैत, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाली पार्टी (हानेपा)का शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । ‘उहाँ आजै मन्त्री बन्ने कुरा हो, उहाँ संस्कृति मन्त्री बन्ने हो’, मुख्यमन्त्री जम्कट्टेलले भने । बज्राचार्य हाम्रो नेपाली पार्टीको संसदीय दलका नेता हुन् ।

यो पार्टीले ९ चैतमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर अहिले बज्राचार्यलाई मुख्यमन्त्री जम्कट्टेलले मन्त्री नियुक्त गर्न लागेका हुन् ।

बज्राचार्यले साँझ साढे ६ बजे शपथ लिने कार्यक्रम तय भएको छ ।

२ सिट भए पनि बागमती प्रदेशसभामा यो पार्टीको भूमिका निर्णायक छ । हानेपा सरकारमा सहभागी हुँदा अहिलेको सत्ता गठबन्धनसँग बहुमत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?