+
+

सहकारी समस्या समाधान गर्न कर्जा सूचना केन्द्र स्थापना प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते १८:३५

१५ चैत, काठमाडौं । बचत तथा ऋण सहकारी संस्थामा देखिएका समस्या समाधान गर्न सहकारी कर्जा सूचना केन्द्र स्थापना गरिने भएको छ ।

राष्ट्रिय विकास समस्या समाधान समितिको बिहीबार बसेको ५२औं बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले सहकारी ऐन २०७४ को दफा ८१ मा व्यवस्था भएको कर्जा सूचना केन्द्र स्थापना र व्यवस्थापनका लागि अर्थ मन्त्रालयले सहजीकरण गर्ने प्रस्ताव राखेका छन् ।

सहकारी संस्थाबाट लगानी भएका ऋण असुली सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न, संस्थाले परिचालन गर्ने बचत र प्रदान गर्ने कर्जाको सुरक्षण गर्न साथै कर्जा सुरक्षण कोष तथा कर्जा प्रवाहमा शुद्धता कायम गरी कर्जा प्रवाहमा सूचना प्राप्त गर्न यस्तो केन्द्र स्थापना र व्यवस्थापनको प्रस्ताव आयोगले गरेको हो ।

सहकारी ऐन २०७४ र नियमावली २०७५ मा सहकारी कर्जा सूचना केन्द्र स्थापना र व्यवस्थापनको व्यवस्था भए पनि कार्यान्वयनमा ल्याइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?