+
+

एसएस इभेन्ट्स र नेकोसको आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १६ गते १७:४२

१६ चैत, काठमाडौं । एसएस इभेन्ट्स प्रालि र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि हुने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत आगामी वैशाख २३ देखि २८ गतेसम्म हुने जानकारी दिइएको हो । तीन वर्षपछि आयोजना हुने कर्पोरेट सुपर सिक्सेसमा कुल २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पाँच ओभरमा खेलाइने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन हुने भएको छ । सो प्रतियोगितामा नेपाल क्रिकेट संघ(क्यान) को प्राविधिक सहयोग रहने एसएस इभेन्ट्स प्रालिका निर्देशक सुमित रौनियारले जानकारी दिए ।

रौनियारले नाफा कमाउनेभन्दा पनि नेपाली क्रिकेटकाे विकास गर्ने र कर्पोरेट सेक्टरलाई क्रिकेटमा भित्राउने उद्देश्य अनुरूप प्रतियोगिता आयोजना गर्दै आएको बताए ।

अब छिट्टै उमेर समूहका प्रतियोगिता आयोजना गर्दै नेपाली क्रिकेट विकासमा सहयोग गर्ने योजना रहेको उनले बताए । सन् २०१४ मा सुरू भएको कर्पोरेट सुपर सिक्सेसको छैटौं सिजनसम्म एसएस इभेन्ट्सले नै आयोजना गर्दै आएको थियो । सातौं सिजनदेखि नेकोस जोडिएको हो ।

छैटौं संस्करण सन् २०२० मा नै आयोजना भए पनि कोरोना महामारी र आर्थिक संकटका कारण सातौं सिजन भने लामो समयसम्म हुन सकेन ।  यस सिजनको विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन् । प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र बेस्ट विकेटकिपरले पनि पुरस्कार पाउनेछन् ।

आयोजकका अनुसार सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, हिट बोर्ड र फेयर प्ले अवार्ड पनि प्रदान गरिने भएको छ । काम गरेको ६ महिना पूरा भएमा व्यावसायिक क्रिकेटरले पनि कर्पोरेट हाउसबाट खेल्न पाउने एसएस इभेन्ट्सका निर्देशक रौनियारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?