+

रातिको खानामा भात कि रोटी ?

२०८० चैत  १८ गते १७:२२ २०८० चैत १८ गते १७:२२
Shares
रातिको खानामा भात कि रोटी ?

अधिकांश नेपालीले मुख्य खानाका रूपमा भातलाई नै लिने गरेको पाइन्छ । त्यसैले नेपालीको खानामा बिहान–बेलुकी नै भात हुने गर्छ । तर जब मोटोपनले सताउँछ, त्यसलाई नियन्त्रण गर्न भने बेलुकाको खानामा रोटी खाने गरेको पाइन्छ । मधुमेहको समस्या भएका व्यक्तिहरूले पनि भातको विकल्पमा रोटी खाने गर्छन् ।

भात होस् वा रोटी दुवै अन्न हो । दुवै कार्बोहाइड्रेटको स्रोत पनि । त्यसैले धेरैमा पनि द्विविधा हुन्छ, रोटी खाने कि भात ? भात छोडेर रोटी खान सुरु गर्नु बुद्धिमानी हो त ?

रोटी र भात कुनमा कति पोषण ?

भात र रोटीमा खासै फरक छैन । यी दुईमा भएको पोषक तत्त्वमा ध्यान दिने हो भने सोडियमको मात्रा चाहिं फरक हुन्छ । चामलमा थोरै मात्रामा सोडियम हुन्छ भने रोटी (१२० ग्राम पीठो)मा १९० मिलिग्राम सोडियम हुन्छ ।

चामलमा कति पोषण ?

रोटीको तुलनामा भातमा फाइबर, प्रोटिन र फ्याटको मात्रा कम हुन्छ । साथै रोटीमा भन्दा भातमा क्यालोरी पनि बढी हुन्छ । यी सबैको बाबजुद एउटा विशेष कुरा के हो भने रोटी पचाउन समय लाग्छ तर भात सजिलै पच्छ ।

चामलमा पानीमा घुलनशील भिटामिन पाइन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर बजारमा पाइने सेतो चामल धेरैजसो प्रशोधित हुने भएकोले यसको फाइदा भने धेरै हुँदैन । त्यसैले यदि रातको समयमा भात नै खाने हो भने सेतो चामलको साटो ब्राउन राइस खान सकिन्छ ।

रोटीमा पोषण कति ?

रोटी भात जस्तै कार्बोहाइड्रेटको स्रोत हो । तर रोटीमा फाइबर र प्रोटिन दुवै उच्च मात्रामा पाइन्छ । साथै भात खाएको केही समयपछि भोक लाग्छ तर रोटी खाएपछि लामो समयसम्म भोक लाग्दैन । यसमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस र सोडियम राम्रो मात्रामा पाइन्छ, जसले चामल जति रगतमा चिनीको मात्रा बढाउँदैन ।

राति रोटी र भातमा के खानु ठक ?

राति भात भन्दा रोटी खानु राम्रो विकल्प हो । राति र बिहानको बीचमा खाने समयको अन्तरले गर्दा रोटी सही विकल्प हो । यद्यपि रोटी र चामललाई सन्तुलित ढंगले सेवन गर्नु अझ बढी फाइदाजनक हुन्छ । के खाने सँगै कति खाने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ ।

तौल नियन्त्रण गर्नु छ वा मधुमेह नियन्त्रण गर्नु छ भनेर राति भात नखाने तर पाँच-छ वटा रोटी खाने हो भने तौल र मधुमेह दुवै नियन्त्रण हुँदैन । मधुमेहका समस्या भएका अधिकांशले चामल वा भात छाडेर रोटी खाने गर्छन् । खानामा कार्बोहाइड्रेटको मात्रा कम गर्ने हो । भात र रोटीमा लगभग उति नै सुगर हुन्छ, यसले मधुमेह नियन्त्रण गर्न सहयोग गर्ने होइन ।

त्यसैले तौल घटाउने सोचमा हुनेहरुले राति दुईवटा रोटीसँगै तरकारी, दाल सलाद खानु राम्रो हुन्छ । राति भात खानु परेमा खिचडी बनाएर त्यसमा प्रशस्त दाल हाल्ने । स्वस्थ आहारका लागि भात र रोटी दुवै राम्रो भए पनि तौल घटाउन भातभन्दा रोटी उत्तम विकल्प हुनसक्छ ।

ग्लुटेन एलर्जी भएका व्यक्तिले रोटी खान हुँदैन

ग्लुटेन गहुँ, जौमा पाइने प्रोटिन हो । यो एक प्रकारको टाँसिने पदार्थ हो । केही व्यक्तिमा यसको एलर्जी हुन्छ । गहुँ र यसका उत्पादनहरूको सेवन गर्दा पनि ग्लुटेन एलर्जी हुन्छ ।

यस्ता व्यक्तिहरूले भने रोटी खानु हुँदैन । उनीहरुले रोटी सेवन गरे भने पाचनसम्बन्धी समस्या आउन सक्छ । ग्लुटेनको एलर्जी हुनेहरूले गहुँको रोटीको विकल्पमा कोदो र फापरको रोटी खान सक्छन् ।

आहार तथा पोषण भात भूपाल बानियाँ रोटी
भूपाल बानियाँ
लेखक
भूपाल बानियाँ
पोषणविद्

बानियाँ हाल वीरेन्द्र प्रहरी अस्पतालमा पोषण विभाग प्रमुखको रुपमा कार्यरत छन् । उनले क्लिनिकल न्यूट्रिसन र पोषणमा बीएस्सी र न्युट्रिसन र डाइटेटिक्समा एमएस्सी गरेका छन् । उनी पोषण तथा आहार विशेषज्ञ संघको अध्यक्षसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘सबएराक्नोइड हेमरेज’ कसरी अचानक मृत्युको कारण बन्नसक्छ ?

‘सबएराक्नोइड हेमरेज’ कसरी अचानक मृत्युको कारण बन्नसक्छ ?

युट्युबमा भनेअनुसार तौल घटाउन भन्दै ‘बोरेक्स’ खाँदा किशोरीको ज्यान गयो

युट्युबमा भनेअनुसार तौल घटाउन भन्दै ‘बोरेक्स’ खाँदा किशोरीको ज्यान गयो

नेपालको दैलोमा निपा भाइरस

नेपालको दैलोमा निपा भाइरस

कसरी हुन्छ क्यान्सर  ? रोकथामका लागि अपनाउनुपर्ने  १० उपाय

कसरी हुन्छ क्यान्सर ? रोकथामका लागि अपनाउनुपर्ने १० उपाय

राजनीतिक दलका घोषणा पत्रमा समेटिनै पर्ने जनस्वास्थ्यका १२ विषय

राजनीतिक दलका घोषणा पत्रमा समेटिनै पर्ने जनस्वास्थ्यका १२ विषय

अनुहारमा आएका साना कोठी हटाउन सकिन्छ ?

अनुहारमा आएका साना कोठी हटाउन सकिन्छ ?