+
+

ग्लोबल मनि विकमा कुमारी बैंकको वित्तीय साक्षरता कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १४:१२

काठमाडौं । ‘ग्लोबल मनि विक–२०२४’ को अवसरमा कुमारी बैंकले बैंकले प्रभावकारी ढंगले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

‘प्रोटेक्ट योर मनि, सेक्युर योर फ्युचर’ भन्ने नाराका साथ बाह्रौँं संस्करणको ग्लोबल मनि विकमा कुमारी बैंकले अत्यन्तै प्रभावकारी रूपमा सहभागिता जनाएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वित्तीय लक्ष्य निर्धारणका लागि क्यालकुलेटर सञ्चालन,  वित्तीय साक्षरता तथा आचरण प्रर्वद्धनमा कर्मचारीको प्रतिवद्धता, वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण, सामाजिक सञ्जालबाट वित्तीय साक्षरता सम्बन्धी क्विज तथा जनचेतनामूलक सामग्री प्रसारण गरिएको बैंकले जनाएको छ ।

यसैगरी वित्तीय साक्षरता प्रवर्द्धन गर्न राष्ट्रिय स्तरका कलाकारहरूको अभिनय सहितको भिडियो शृंखला तथा सामाजिक विषय वस्तुलाई झल्काउने प्रसंग समेटिएको पुस्तक सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?