+
+

उपत्यकाका खेल पूर्वाधार राखेप मातहत

राखेपले बनायो खेल पूर्वाधार व्यवस्थापन र सञ्चालनको कार्यविधि

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १७:४०

१९ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खेलकुद पूर्वाधार व्यवस्थापन र सञ्चालनको कार्यविधि तयार गरेको छ ।

राखेपले २३ फागुनमा बोर्ड सदस्य अञ्जन धमलाको नेतृत्वमा पूर्वाधार व्यवस्थापन र सञ्चालन कार्यविधि निर्माणका लागि ५ सदस्यीय समिति बनाएको थियो । समितिले १८ चैतमा सदस्य सचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाएको थियो ।

धमला नेतृत्व समितिले राखेपको मातहतमा भएको काठमाडौं उपत्यकाभरिका खेलकुद पूर्वाधारको संरक्षणको जिम्मा राखेप आफैं लिने लिनुपर्ने गरी कार्यविधि बनाएको छ । समितिले आफ्नो प्रतिवेदनमा देशभरिका खेल पूर्वाधारका विषयमा विस्तृत विवरण पनि समावेश गरेको धमलाले बताए ।

यसअघि सम्बन्धित संघहरुसँग सहकार्य गरी खेलकुद पूर्वाधारको संरक्षण गर्दै आएको राखेपले यो कार्यविधि बनेपछि काठमाडौं उपत्यकाभित्रका सबै पूर्वाधार आफू मातहत ल्याएको छ ।

कार्यविधि निर्माण समितिका संयोजक अञ्जन धमलाका अनुसार राखेपले मूलपानी (तल्लो) क्रिकेट मैदान, च्यासल रंगशाला, दशरथ रंगशाला, लौनचौर टेबल टेनिस हल लगायतका खेल पूर्वाधारको अब आफैंले संरक्षण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?