+
+

खड्गप्रसाद गौचन स्मृति यु-१९ क्रिकेटको उपाधि धनगढीलाई

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते ६:१६

२१ चैत, बुटवल । क्रिकेटर शक्ति गौचनले आफ्ना पिताको स्मृतिमा आयोजना गरेको छैठौं खड्गप्रसाद गौचन स्मृति यु-१९ क्रिकेटको उपाधि धनगढीले जितेको छ ।

तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा पल्सर सिईसी काठमाडौंलाई १२ रनले पराजित गर्दै धनगढीले उपाधि हात पारेको हो ।

खेलमा टस जितेर धनगढीले ३२.५ ओभरमा १५० रनको लक्ष्य दिएको थियो । धनगढीका अशोक धामीले ५०, सुभाष सिंहले २५ रनको योगदान दिए । सिईसीका दयानन्द मण्डलले ३, करण घर्ती मगर र स्मिथ बुढाले २/२ विकेट लिएका थिए ।

खेलमा सिईसी ३५ ओभरमा १३८ रनमा समेटिएको थियो । सिईसीका सुरेश बुढाले ४१ रन, स्मिथ बुढाले ४० रनको योगदान दिए । धनगढीका निशान्त रेग्मीले ४ तथा सुर्य श्रेष्ठले २ विकेट लिए ।

खेलमा धनगढीका निशान्त रेग्मी प्लेर अफ दी म्याच बने ।

उपाधि विजेता धनगढीले नगद ५० हजार रुपैयाँ पाएको छ । उपविजेता सिईसीले नगद २५ हजार पाएको छ ।

प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका विजय प्रजापति उत्कृष्ट ब्याट्सम्यान, सिईसीका दयानन्द मण्डल उत्कृष्ट बलर घोषित हुँदै नगद ४ हजार तथा सिईसिका समिर बिष्ट प्लेर अफ दी सिरिज घोषित हुँदै नगद ७ हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट ८ टिमको सहभागिता थियो ।

प्रतियोगिता समापनका अवसरमा क्रिकेट प्रशिक्षक जंगबहादुर थापालाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो । थापाले २५ वर्ष देखि रुपन्देहीमा रहेर क्रिकेट खेलाडी उत्पादनमा योगदान दिंदै आएका छन् ।

कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले आफ्नो बुबाको स्मृतिमा आयोजना हुँदै आएको प्रतियोगिताको छैठौं संस्करण थप उपलब्धिमूलक बनेको र युवा खेलाडीलाई प्लेटफर्म दिने आफ्नो लक्ष्यमा सफलता मिलेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?