
२१ चैत, काठमाडौं । सेयर बजारमा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ६४ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले यसअघि सर्वसाधारणलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर प्रदान गरेको थियो ।
त्यस्तै साना किसान विकास लघुवित्तको ४७ लाख ४७ हजार ५५५ कित्ता बोनस सेयर पनि सूचीकृत भएको हो । कम्पनीले यसअघि लगानीकर्तालाई चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर प्रदान गरेको थियो ।
त्यस्तै लक्ष्मी सनराइज बैंकको १ करोड ५१ लाख ६९ हजार १६६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले यसअघि लगानीकर्तालाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर प्रदान गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4