+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares
इलाम-२ उपनिर्वाचन :

कांग्रेसका उम्मेदवारका आकांक्षीले भने-टिकट पाउनेलाई सघाउँछौं

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १२:२९

२२ चैत, काठमाडौं । इलाम-२ का नेपाली कांग्रेसका उम्मेदवारका आकांक्षीले जसले टिकट पाएपनि एक अर्कालाई सघाउने बताएका छन् ।

पार्टीका पदाधिकारीसँग भएको छलफलमा उनीहरुले आफूले टिकट नपाए उम्मेदवार हुनेलाई सघाउने प्रतिवद्धता जनाएका हुन् ।

सभापति शेरबहादुर देउवा निवासमा सिफारिसमा परेका आकांक्षीलाई बिहीबार बिहान छलफलका लागि बोलाइएको थियो । ‘हामीले प्रतिवद्धता जाहेर गर्‍यौं । बाँकी निर्णय उहाँहरुले गर्नुहुन्छ,’ टिकटका आकांक्षी डम्बर खड्काले भने, ‘म पार्टी सभापति हुँ, जसले टिकट पाए पनि जिताएर पठाउँछु भनें ।’

देउवा निवास पुगेका पाँच जनाले नै आफू बाहेक अरुले पाउनै हुन्न कसैले नभनेको खड्काले दाबी गरे । गत चुनावमा पराजित भए पनि यो अवधिका लागि टिकट आफूले पाउनुपर्ने कुरा राखेको खड्काले बताए ।

इलाम-२ मा हुने उपनिर्वाचनका लागि खड्का, भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम सिफारिस भएको छ ।

कांग्रेसको तीन दिन देखि बसेको संसदीय बोर्ड र कार्यसम्पादन समिति बैठकले इलाम-२ र बझाङ प्रदेश सभा (१) को उम्मेदवार टुंगो लगाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?