+
+

सी डिभिजन लिगमा बागमतीको विजयी सुरूवात, रानीवन र महाविरले अंक बाँडे

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २३ गते १९:३६

२३ चैत, काठमाडौं । शहीद स्माकर सी डिभिजन लिगमा बागमती युथ क्लबले शानदार सुरूवात गरेको छ । शुक्रबार एन्फा कम्प्लेक्समा भएको खेलमा सर्लाहीको बागमतीले ललितपुरको सानेपा क्लबलाई ३–१ गोलले पराजित गरेको हो ।

बागमतीको जितमा बिमल घिसिङ र सृजनराज गौतमले १-१ गोल गरे भने सानेपाका खेलाडीले १ गोल उपहार दिएका थिए । सानेपाका पेम्बा लामाले सान्त्वना गोल फर्काए ।

खेलको ३१औं मिनेटमै बिमलले गोल गर्दै बागमतीलाई अग्रता दिलाएका थिए । ६०औं मिनेटमा सृजनले गोल गरेपछि बागमतीले अग्रता दोब्बर बनायो । ७६औं मिनेटमा पेम्बाले पेनाल्टीमा गोल गर्दै सानेपालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ८५औं मिनेटमा सानेपाका अमिर केसीले बल रोक्ने क्रममा आत्मघाती गोल गरेपछि बागमतीले ३-१ को जित निकाल्यो ।

जितसहित सी डिभिजन सुरू गरेको बागमतीले ३ अंक जोडेको छ । शुक्रबारै भएको दोस्रो खेलमा काठमाडौंको महाविर स्टडिज एण्ड एथ्लेटिक्स एसोसिएसन र बाजुराको रानीवन स्पोर्टस् क्लबले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । रानीवले सुरूमा अग्रता लिए पनि इन्जुरी टाइममा गोल खाँदा अंक बाँड्नुपरेको हो ।

पहिलो हाफको इन्जुरी टाइममा धनराज थापाले गोल गर्दै रानीवनलाई अग्रता दिलाएका थिए । तर खेलको दोस्रो हाफको इन्जुरी टाइममा शिवप्रसाद चौलागाईंले गोल गर्दै महाविरलाई हारबाट जोगाए । बराबरीपछि दुवै टोलीले समान १ अंक जोडेका छन् ।

लिग अन्तर्गत शनिबार दुई खेल हुँदैछ । पहिलो खेलमा पुल्चोक स्पोर्टस् क्लब र सामाजिक युवा क्लबबीच दिउँसो १ बजे हुनेछ । यस्तै दोस्रो खेल मनोहरा युनाइटेड युथ क्लब र सोसियल वेलफेयर स्पोर्टस् सेन्टर क्लबबीच सवा ४ बजे हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?