
२५ चैत, काठमाडौं । संघीय निजामती सेवा विधेयकमाथि १२२ वटा भन्दा बढी संशोधन प्रस्ताव दर्ता भएको छ ।
प्रतिनिधि सभाको विधेयक शाखाका अनुसार इमेलबाट प्राप्त संशोधन बाहेकको संख्या १२२ वटा छ । इमेलबाट प्राप्त संशोधन एकीकृत गर्दा कति वटा संशोधन परेको यकिन हुनेछ ।
विधेयकमाथि संशोधन दर्ता गर्ने समय भने सकिएको छ ।
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० फागुन २१ गते प्रतिनिधि सभामा दर्ता भएको थियो । यो विधेयकमाथि प्रतिनिधि सभामा सैद्धान्तिक छलफल सकिएको छ ।
सैद्धान्तिक छलफल सकिएपछि सांसदहरूका लागि संशोधन प्रस्ताव दर्ता गर्ने समय ७२ घण्टा खुला भएको थियो । उक्त समय आइतबार सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4