२७ चैत, काठमाडौं । इलाम २ को उपचुनावमा पहिचावादी पक्षधरको सर्मथन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बुले मुढा चुनाव चिह्न पाएका छन् ।
निर्वाचन आयोगका अनुसार १९ जना उम्मेदवार छन्, जसमध्ये १२ जना दलगत र बाँकी स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारमध्ये डकेन्द्रलाई पहिचावादी पक्षधरहरुले समर्थन गरेका छन् । उनले मुढा चुनाव चिह्न पाएका छन् ।
यस्तै अर्जुनबहादुर शाहीले डोजर, डाकप्रसाद गौतमले महिला, दिपेश बोहोराले सिरिन्ज, मनोज निरौलाले माछा, योगेन्द्र गुरुङले कैंची र राज बस्यालले जुँगा सहितको अनुहार चुनाव चिह्न पाएका छन् ।
दलगत रुपमा एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बरहादुर खड्का, रास्वपाका मिलन लिम्बु, राप्रपाका लक्ष्मी गुरुङ र जनमतका प्रेमकुमार थाम्सुहाङ उम्मेदवार छन् ।
एकीकृत समाजवादीका जीबहादुर राई, नेमकिपाका श्यामबहादुर दर्जी, मंगोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बु, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त राना मगर उम्मेदवार छन् ।
प्रतिक्रिया 4