 
																			२७ चैत, काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गरेपछि टेलिकम सेवा प्रदायक कम्पनीहरू प्रभावित भएका छन् । टेलिकम कम्पनीहरूको दाबी पत्याउने हो भने टिकटक बन्द भएको ५ महिनामा मात्रै ३ अर्ब रूपैयाँ बराबरको आय गुमेको छ ।
सामाजिक सद्भाव बिगारेको भन्दै सरकारले गत कात्तिक २७ गते टिकटक बन्द गर्ने निर्णयको थियो । मंगलबार प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै एनसेलका लिगल तथा रेगुलेटरी अफिसर विशाल उपाध्यायले कात्तिकसम्म नेपालमा सबैभन्दा धेरै चल्ने सामाजिक सञ्जाल टिकटक नै थियो।
‘तर सरकारले टिकटक बन्द गरेपछि ब्याण्डविथ खपत घट्यो, यसका कारण एनसेलले मात्रै १ अर्ब ४४ करोड रुपैयाँ गुमाएको छ,’ उनले भने ।
उनका अनुसार सोही अनुपातमा नेपाल टेलिकमले पनि टिकटकबाट आउने डेढ अर्ब रुपैयाँ आम्दानी गुमाएको छ । उपाध्यायले सरकारकै नीतिगत व्यस्थाका कारण एनसेलले पछिल्लो ६ वर्षमा १३ अर्ब रुपैयाँ आम्दानी गुमाएको दाबी पनि उनले गरे।

‘सरकारले सन् २०१८ वृद्धि गरेको टेकमल सेवा शुल्कका कारण ३ अर्ब ५२ करोड रूपैयाँ गुम्यो। टेलिकम सेवा शुल्क डेटाका कारण २ अर्ब ९० करोड गुम्यो,’ उनले रिपोर्ट पेश गर्दै भने, ‘विभिन्न तीन प्रकारको नियमनका कारण ५ अर्ब १३ करोड टिकटकका कारण १ अर्ब ४४ करोड रुपैयाँ गरी कुल १३ अर्ब रुपैयाँ आम्दानी घट्यो।’
भारत लगायत एशियाका धेरै देशमाटेलिकम कम्पनीहरूमा प्रतिव्याक्ति १५ देखि २० जीबीसम्म डाटा खपत रहेको तर नेपालमा प्रतिव्याक्ति ४ जीबीमात्रै डाटा खपत रहेको उपाध्यायले बताए ।
दूरसञ्चार क्षेत्रको विकासका लागि नीति नियम र ऐनमा सुधार गर्नुपर्ने भए पनि अझै २७ वर्ष पुरानो ऐनमै रहँदा समस्या भएको उनको गुनासो थियो । उनले भने, ‘ सरकारले बनाएको पछिल्लो फ्रिक्वन्सी नीतिमा अझै खुकुलो बन्न सकेको छैन।’
एनसेल पनि फाइभजी परीक्षण तथा सेवा विस्तार गर्न तयार रहेको तर, ६० अर्ब खर्च गरेर वार्षिक २ अर्ब आम्दानी हुने गरी काम कसरी गर्ने भनेर मुख्य चुनौती रहेको सुनाए ।
यस्तै नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर मधुसुदन दाहालले नेपाल टेलिकमको डेटा प्रयोगकर्ता एनसेलेको भन्दा १० प्रतिशत घटेको रिपोर्ट पेश गरे ।
‘अहिले नेपाल टेलिकमको डेटा प्रयोगकर्ता दिनप्रतिदिन घट्दै गइरहेको छ। टिकटक बन्द भएपछि एनसेलको भन्दा एनटीसीको प्रयोगकर्ता १० प्रतिशत कम भएको भएको छ, उनले भने, ‘यो भनेको करिब करिब १ अर्ब ३० करोडको हाराहारीको आम्दानी गुमाएका छौं।’

सरकारले टिकटक बन्द भएपछि डेटा खपतमा व्यापक असर परेका कारण टेलिकम कम्पनीको आम्दानी ५ महिनामै १० प्रतिशत घटेको दाहालको भनाइ थियो । ‘डेटातर्फ ट्राफिक ट्राफिक बढिरहेको छ । तर आम्दानी भने घटिरहेको छ, ‘ उनले भने ।
दाहालले कारण टेलिकम कम्पनीहरुको आम्दानी घट्नुमा आइएसपी र ओटीटी प्रमुख कारक भएको बताए । ‘नेपालको फ्रिक्वन्सी प्रयोग गरेरे विदेशी कम्पनीले पैसा कमाएको तर फ्रिक्वन्सी शुल्क हामिले तिर्नु परेको छ, दाहालले भने, ‘सरकारले यसको नियमन गसोस् ।’ डेटाको आम्दानी बढाउन ओटीटी जस्ता प्लेटफर्मलाई नियमन गरेर साक्षरता बढाउन आवश्यक रहेको बताए ।
दाहालले दूरञ्चार क्षेत्रमा नवीकरण शुल्क, फ्रिक्वेन्सी शुल्क लगायतको दायित्वसमेत बढी हुँदा टेलिकम क्षेत्र नै संकटतर्फ जाने स्थिति रहेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले नेपालमा ‘डिजिटल ग्याप’ रहेको बताए । उनले दूरसञ्चार विकास कोष प्रयोग गरि निर्माणाधीन आयोजनामा ढिलाइ भएकोले त्यसलाई समयमै सक्न प्रयत्न गरिरहेको बताए ।
‘आरटीडीएफका आयोजना पनि सुस्त भएका छन् यी आयोजना सम्पन्न भए एउटा मेरूदण्ड बन्नसक्थ्यो,’ भण्डारीले भने, ‘आइएसपी र टेलिकम क्षेत्रका बारेमा लाखे र अर्बे भन्ने रहेछ केही समस्या छन् त्यसलाई हल गर्दै अगाडि बढ्नुपर्छ ।’
दूरसञ्चार प्राधिकरणसँग उपलब्ध फ्रिक्वन्सीको झण्डै १२.५ प्रतिशत मात्रै प्रयोगमा रहेकोले यसलाई बढाउनुपर्ने उनले बताए । २७ वर्ष अघिको कानुन र हालको एक्पेटेसन फरक भएकाले यस्ता ऐन पनि नियममा पनि समयसापेक्ष बनाउने बताए ।

‘ हामीले मोबाइल प्रविधि फाइभ जीलाई अवसरको रुपमा लिइरहेका छौं। तर राज्यले लगानीको सुरक्षा गरिदिनु पर्ने हुन्छ,’अध्यक्ष भण्डारीले भने ।
उनले फाइभजी ल्याउनु अगाडि यसको डिजिटल इको सिष्टम बनाउनुपर्नेमा जोड दिए । ‘आजको दिनमा फाइभ जीको ह्यान्ड सेटको म्याचुरिटी १० प्रतिशत मात्रै देखिन्छ । अहिलेसम्म आइयूटी डिभाइ कति छ ?,’ उनले भने, ‘हामी अटोमेशन, देशको डिजिटल डेटाको अपत कसरी बढाउन चाहन्छौं ? फाइभ जीले लगाउने पैसाले हामी कति रिटर्न लिन चाहन्छौं। यसबारेमा विस्तृत अध्ययन जरूरी छ।’
हाल नेपालमा १६ देखि १७ लाखसम्मको हाराहारीमा फाइभजी मोबाइलका ह्याण्डसेटहरू रहे उनले बताए । भण्डारीकाअनुसार २० प्रतिशत मात्रै फाइभ जीको ह्याण्ड सेट किन्न १५३ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ ।
कार्यक्रमा आयोजक संस्था प्रविधि पत्रकार मञ्च (टिजेएफ)का अध्यक्ष उमेश पौडेलले यस क्षेत्रमा रहेका अवसर र चुनौती पहिचान होस र समाधानमा समेत सहयोग पुगोस भन्ने हेतुले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए ।

‘हामी प्रविधि क्षेत्रमै रिपोर्टिङ गरिरहँदा यस क्षेत्रका समस्याका नियालि रहेका छौं ती समस्याका बारे सामूहिक छलफल र बहस हुनु जरूरी भइसकेको छ,’ उनले भने,’ यो छलफलले नीति निर्माता, नियामक, सेवाप्रदायकलाई चुनौतीको सामाना गर्दै अगाडी बढ्न सहयोग मिल्नेछ ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4