+
+

एमाले पर्वतको अध्यक्षमा पहाडी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १ गते १२:१४

१ वैशाख, काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी विजयी भएका छन् ।

१०औं अधिवेशनबाट पदमपाणी शर्मालाई पराजित गर्दै पहाडी विजयी भएका हुन् । पहाडीले २२८ मत ल्याएर विजयी भए । प्रतिस्पर्धी शर्माले १२७ मत पाए ।

विमल लामिछानेले २१७ मत ल्याएर उपाध्यक्षमा विजयी भए भने उनका प्रतिस्पर्धी मिनप्रसाद श्रेष्ठले १४८ मत पाए ।

सचिवमा सुवासचन्द्र पौडेल, खुला उपसचिवमा चण्डीप्रसाद भुर्तेल र महिलातर्फ विन्दु अधिकारी विजयी भइन् ।

विजयी भएका अध्यक्षसहितका पदाधिकारी मन्त्री पदम गिरी समूहका हुन् भने पराजित भएकाहरू पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समूहका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?