+
+

पाँच खेलअघि नै बायर लेभरकुजनले जित्यो बुण्डेसलिगा उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते ८:१८

३ वैशाख, काठमाडौं । बायर लेभरकुजनले बायर्न म्युनिखको अधिपत्य तोड्दै पाँच खेल अगावै जर्मन बुण्डेसलिगाको उपाधि जितेको छ ।

आइतबार राति भएको २९औं चरणको खेलमा वेडर ब्रेमेनलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै लेभरकुजनले उपाधि पक्का गरेको हो । लेभरकुजनको जितमा फ्लोरिन विर्ट्जले ह्याट्रिक गर्दा भिक्टोर बोनिफेस र ग्राइन्ट जाकाले एक/एक गोल गरे ।

स्पानिस प्रशिक्षक जावी अलोन्सोको प्रशिक्षणमा लेभरकुजनले यस सिजन गजज्बको पेरशर्न गरिरहेको छ र २९ खेलसम्म अपराजित छ । २०२२ अक्टोबरमा जावीले टिम सम्हाल्दा लेभरकुजन रेलेगेसन जोनमा थियो । तर करिब १८ महिनापछि नै उनले टिमलाई च्याम्पियन बनाए ।

क्लबको १२० वर्षको इतिहासमा लेभरकुजनले पहिलो पनि जर्मन लिग उपाधि जितेको हो । लेभरकुजन बुण्डेसलिगा जित्ने १३औं क्लब हो भने सन् २००८-०९ मा वल्फ्सवर्ग पछि लिग जित्ने नयाँ क्लब हो ।

जितपछि शीर्ष स्थानको लेभरकुजनको २९ खेलबाट ७९ अंक भएको छ । समान खेलबाट बायर्नको ६३ अंक छ । अब १५ अंकको खेल बाँकी हुँदा लेभरकुजनले बायर्नमाथि १६ अंकको अग्रता बनाइसकेको छ ।

लेभरकुजनको जितले बायर्नको लगातार ११ लिग उपाधिको यात्रामा पनि ब्रेक लागेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?