+
+

हङकङविरुद्ध नेपालको उत्कृष्ट बलिङ सुरूवात

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते १३:५२

३ वैशाख, काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङविरुद्ध उत्कृष्ट सुरूवात गरेको छ । अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले १० ओभरमा ४ विकेट गुमाउँदै ७० रन बनाएको छ । अजिज खान ४ र यासिम मुर्तजा १ रनमा क्रिजमा छन् ।

स्पिनर ललित राजवंशीको १० औं ओभरको दोस्रो बलमा बाबर हायत ६ रनमा कट एण्ड बोल्ड आउट भए । सुरूवाती १० ओभरमा हङकङका प्रमुख चार ब्याटर आउट गर्दै नेपालले खेलमा शानदार सुरूवात गरेको हो ।

ओपनर मार्टिन कोट्जीले दोस्रो ओभरको तेस्रो बलमा व्यक्तिगत ५ रनमा जीवनदान पाएका थिए । गुलशन झाले क्याच छाड्न पुगेका थिए । तर करणको अर्को ओभरको पहिलो बलमा टप एज लागेर उनी विकेटकिपर आसिफ शेखबाट ८ रनमा क्याच आउट भए ।

एक रन लिनेक्रममा निजाकत खानलाई दीपेन्द्रसिंह ऐरीले १२ रनमा डाइरेक्ट थ्रोका साथ आउट गरे । तेस्रो विकेट पनि नेपालले रन आउटकै रूपमा प्राप्त गर्‍यो । नवौं ओभरको दोस्रो बलमा अंशुमन रथ २६ बलमा ४ चौका र १ छक्कासहित ३४ रनमा रन आउट भए । गुलशनको डाइरेक्ट थ्रोमा उनी रन आउट हुन पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?