+
+

हैदराबादले बनायो आईपीएल इतिहासकै सर्वाधिक योगफल

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते २१:५२

३ वैशाख, काठमाडौं । ट्रविस हेडको शतक र छक्काको वर्षासँगै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा रोयल च्यालेन्जर्स बेंगलुरुलाई २८८ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।

चिन्नास्वामी स्टेडियम बेंगलुरुमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ३ विकेट गुमाउँदै २८७ रन बनायो ।

यो आईपीएल इतिहासकै उच्च योगफल हो । हैदराबादले यसै सिजनमा मुम्बईविरुद्ध बनाएको २७७ रनको आफ्नै कीर्तिमान तोड्दै नयाँ इतिहास लेखाएको हो ।

हेडले ४१ बलमा ९ चौका र ८ छक्कासहित १०२ रनको सानदार शतकीय इनिङ खेले । त्यसपछि हेनरिक क्लासेनले ३१ बलमा २ चौका र ७ छक्कासहित ६७ रनको विष्फोटक पारी खेलेका थिए । ओपनर अभिषेक शर्मा २२ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा आउट भए ।

तल्लोक्रममा एडेन माक्ररमले १७ बलमा २ चौका र २ छक्कासहित ३२ रन बनाए । अब्दुल सामदले १० बलमा ४ चौका र ३ छक्कासहित २८७ रन बनाए ।

बेंगलुरुका लोकी फर्गुसनले २ र रिस टोप्लीले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?